Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

दशैंमा फरक उदाहरण — ठोरीका युवाहरूले वृद्धाश्रममा बाँडे खुशी र सहयोग

by प्रणय साह
प्रकाशित : २०८२ आश्विन १५,बुधबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — पर्साको ठोरी गाउँपालिका–४ निर्मलवस्तीका युवाहरूले यस वर्षको दशैं पर्वलाई केवल पारिवारिक उत्सवमा सीमित नराखी समाजसेवा र मानवीयताको रंगले रङ्ग्याएका छन्।

निर्मलवस्ती युवा समाजका सदस्यहरू ठोरी–१ भवाननगरस्थित वृद्धाश्रम पुगेर त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूसँग दशैंको खुसी साझा गर्दै खाद्यान्न, उपहार सामग्री र नगद सहयोग हस्तान्तरण गरेका हुन्।

प्रदान गरिएको सहयोग सामग्री २० केजीको खसी ,७ बोरा चामल, १० केजी चिउरा ,१ कार्टुन तेल,१ कार्टुन चाउचाउ ,५ केजी दालमोट,५ केजी चिनी,४० प्याकेट बिस्कुट,२ केजी चिया पत्ती,१० केजी दाल,५ केजी नुन,१२ थान नुहाउने साबुन,१२ थान लुगा धुने साबुन,१ कार्टुन फ्रुटी,३ वटा ग्यास सिलिन्डर,केरासहितका फलफूल र स्याउ यसका अतिरिक्त, वृद्धाश्रमका प्रत्येक बासिन्दालाई खादा अर्पण गर्दै जनही नगद ५ सय रुपैयाँ पनि प्रदान गरिएको थियो।

करिब ५७ हजार रुपैयाँ बराबरको सहयोग युवाहरूले वृद्धाश्रममा गरेको सामग्री तथा नगद सहायता गरी कुल करिब ५७ हजार रुपैयाँ बराबरको सहयोग गरिएको समाजले जानकारी दिएको छ।

निर्मलवस्ती युवा समाजका अनुसार, “दशैं केवल परिवारसँग रमाउने चाड मात्र नभई, समाजका उपेक्षित वर्गसँग पनि खुशी बाँड्ने अवसर हो भन्ने सन्देश दिन हामीले यो पहल गरेका हौं।”

युवाहरूको यस्तो रचनात्मक र प्रेरणादायी कार्यले समाजमा सकारात्मक सोच र सेवाभावको सन्देश फैलाएको छ।

साभारस् सामुदायिक रेडियो विजयबस्ती

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

पर्साका १४ पालिकामा हैजाविरुद्ध खोप अभियान सुरु हुन तयारी, आइतबारदेखि संचालन
मुख्य समाचार

पर्साका १४ पालिकामा हैजाविरुद्ध खोप अभियान सुरु हुन तयारी, आइतबारदेखि संचालन

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
वीरगञ्जमा हैजा रोकथामका लागि असोज २६ देखि खोप लगाइने
मुख्य समाचार

वीरगञ्जमा हैजा रोकथामका लागि असोज २६ देखि खोप लगाइने

प्रकाशित : २०८२ आश्विन १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद