Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा सुरक्षा खस्कँदो , मुख्य अपराधी भने फरार

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १२,आईतवार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सामा गोली प्रहार भएको तीन दिन बितिसक्दा पनि गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छैनन् । जिल्लाको छिपहरमाई गाउँपालिका कार्यालयको अगाडि बिहीबार साढे ७ बजे राति गोली प्रहार हुँदा सोही गाउँपालिका वडा नम्बर ५ भिस्वा निवासी स्थानीय १७ वर्षीय गोलु आलम घाइते भएका थिए ।

पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकका अनुसार गोली लागेर घाइते भएका युवालाई उपचारको लागि सदरमुकाम वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । गोली लागेर घाइते भएका युवा खतरामुक्त रहेको प्रहरी उपरीक्षक पाठकले बताए ।

तर घटनामा संलग्नलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न गर्न नसक्दा स्थानीयबासी असुरक्षित महसुस गर्न थालेका छन । प्रहरी स्रोतका अनुसार गोलुलाई गोली प्रहार गर्ने युवक छिपहरमाई गाउँपालिका ३ झलमैया निवासी राजु साह तेली हुन् ।

अहिले उनी सहित उनका परिवार घटना हुने बितिकै भारतमा भागेकाले अहिलेसम्म प्रहरीले पक्राउ गर्न नसकेको प्रहरी स्रोत बताउँछ । गोली प्रहार गर्ने युवकले ब्यक्तिगत रिसबीका कारण अर्को युवकलाई गाउँपालिका कार्यालय नजिक बाट झलमैयाँ जाने बाटोमा हार्डबेयर पसल अगाडि गोली प्रहार गर्न आएको प्रहरी स्रोत बताउँछ ।

गोली प्रहार गर्ने राजु गाउँपालिका कार्यालय अगाडि पसल थापेका अर्को युवकलाई गोली प्रहार गर्ने योजना बनाएपनि घटना स्थलमा हेर्न गएका भिस्वाका गोलुलाई लागेको हो । स्रोतका अनुसार गोली लागेर घाइते भएका गोलु झगडा भएपछि हेर्न गएको बेला उनलाई गोली लागेको हो । गोलुलाई गोली प्रहार गर्ने ब्यक्तिको पहिचान भइसकेपनी प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको अवस्था छ ।

पर्साका प्रहरी नायब उपरीक्षक योग बहादुर बस्नेतका अनुसार गोलुलाई गोली प्रहार गर्ने वितिकै प्रत्यक्षदर्शी सहित तीन जना पक्राउ परेका छन । गोली प्रहार भएको केहि घन्टामा उनीहरूलाई नियन्त्रणमा राखेर अहिले अनुसन्धान भइरहेकोे बस्नेतले बताए । यसअघि गत भदौ २३ मा पनि वीरगन्ज महानगरपालिकामा गोली चल्दा एक किशोरी घाइते भएकी थिइन् । वीरगन्ज– १६ स्थित मुस्कान होटलमा गोली चल्दा होटेलमा काम गर्ने भारत बेतियाकी १८ वर्षीय निशा सहनी घाइते भएकी हुन् ।

पौने ४ बजेको समयमा भारतकै झारखण्डका २८ वर्षीय प्रदीप कुमार शर्माले गोली चलाएको पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिए । उनका अनुसार होटेलमा काम गर्ने सहनीमाथी शर्माले मादक पदार्थ सेवन गरेर गोली प्रहार गरेका थिए । गोली प्रहार भएको केहि घन्टामा शर्मालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो । अहिले उनी प्रहरीको अनुसन्धानक लागि हिरासतमा रहेका छन । सभार नायँ पत्रिका

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन १२,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद