रक्सौल – भाजपा जिल्ला महिला मोर्चा रक्सौलको नेतृत्वमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सफलता पूर्वक सम्पन्न गरिएको छ। स्थानीय नागरिकहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त शिविरमा विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवाहरू प्रदान गरिएको थियो।
कार्यक्रममा प्रदेश महिला मोर्चाकी प्रतिनिधि ज्योतिराज गुप्ता, जिल्ला कोषाध्यक्ष संजय कुमार, नगर अध्यक्ष मंटू गुप्ता, जिल्ला उपाध्यक्ष अनुराधा शर्मा, जिल्ला महिला मोर्चा अध्यक्ष प्रीति खंडेलवाल, जिल्ला मन्त्री मीरा कुशवाहा, तथा अनुमण्डल अस्पताल रक्सौलका डा. विवेक कुमार, डा. अजय कुमार, डा. रोहित कुमार, र डा. समीर अख्तरलाई विशेष अतिथि स्वरूप सम्मानित गरिएको थियो।
शिविरको सञ्चालन महिला मोर्चाकी महामन्त्री पार्वती तिवारीले गरेकी थिइन्। शिविरमा ६० जना बालबालिका, ५० जना महिला तथा ४० जना पुरुष सहित १५० भन्दा बढी व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि आवश्यक अनुसार बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो भने सवै स्कूली बालबालिकालाई ओआरएस (ORS) प्याकेट पनि प्रदान गरिएको थियो।
महामन्त्री पार्वती तिवारीले भनिन्:
“हाम्रो प्रयास समाजका बालबालिका तथा नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ केन्द्रित छ। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।”
उनले अनुमण्डल अस्पताल रक्सौलका डा. रवि रंजन तथा सम्पूर्ण स्वास्थ्य टोलीलाई कार्यक्रम सफल बनाउन दिएको सहयोगप्रति आभार प्रकट गरिन्।
यस अवसरमा महिला मोर्चाकी उपाध्यक्ष अमृता शर्मा, महामन्त्री निक्की मिश्रा, कोषाध्यक्ष प्रिया गुप्ता लगायत महिला मोर्चाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
महिला मोर्चाको नेतृत्वमा सम्पन्न यो स्वास्थ्य शिविर समाजका सबै वर्गका लागि स्वास्थ्य चेतना र सेवाको दृष्टिले महत्वपूर्ण पहल सावित भएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा ठूलो संख्यामा महिला, बालबालिका र जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो।
संगठनले यो कार्यक्रमलाई समाजसेवा र जनकल्याणतर्फको सानो तर सार्थक कदम भएको जनाएको छ।