Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

रानीघाटमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज – नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाको आयोजनामा शुक्रबार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दुर्गा पूजा सेवा समिति, रानीघाट द्वारा निर्माण गरिएको पूजा पण्डाल परिसरमा सम्पन्न भएको हो।

शिविरमा १५० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए। परीक्षणपश्चात बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाका सभापति शतिस सिंह राजपुतले गरेका थिए। आफ्नो मन्तव्यमा अध्यक्ष राजपुतले भने

ूनेपाल रेडक्रस सधैं समुदायको स्वास्थ्य र कल्याणका लागि प्रतिबद्ध छ। यस्ता स्वास्थ्य शिविरहरूले स्थानीय बासिन्दालाई प्रारम्भिक स्वास्थ्य परीक्षण तथा स्वास्थ्यप्रति सजग बनाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दछन्। हामी भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।

कार्यक्रममा बिरगंज महानगरपालिका–९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, डा. श्याम बाबू पटेल, डा। प्रयांश तिमलसेना, डा। पृथ्वी चौरसिया, डा। प्रशान्त साह, डा। मौशम गुप्ता, डा. निशा सिंह, दिनानाथ रौनियार लगायत विशिष्ट अतिथिको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन निम्न संस्थाहरूले सहयोग गरेका थिए ,बिरगंज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर, त्रिमूर्ति चौक,बिरगंज महानगरपालिका वडा नं–९ कार्यालय, यशोदा ज्वेलर्स, घण्टाघर न्यू भवानी अफसेट प्रेस, रानीघाट,दुर्गा पूजा सेवा समिति, रानीघाट,कार्यक्रमको सञ्चालन कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद