वीरगन्जको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गरिएको छ । यस वर्षको छठ पूजा आयोजना र व्यवस्थापनका लागि बिहीबार बसेको स्थानीयको भेलाले राकेश साहको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा आत्माराम साह कानु,सचिव सन्तोष साह कानु, सहसचिव सौरभ साह ,कोषाध्यक्ष कन्हैया गुप्ता,सदस्यहरुमा प्रकाश सिंह,मुन्ना साह,बिदुर कलवार,शम्भु साह कानु,राकेश पाण्डे,उमाशंकर साह लगायतका रहेका छन् ।
समितिको वरिष्ठ सल्लाहकारमा राजेन्द्र साह, प्रमानन्द साह कानु, प्रमोद साह कानु, रामनगीना साह कानु, बाल्मिकी साह कानु, मदन प्रसाद कलवार, प्रेम साह कानु, हिरालाल साह कानु, वडा नम्बर १० का वडाअध्यक्ष सुशील साह कानु लगायत रहेका छन् ।
निवर्तमान अध्यक्ष दिलिप साह कानुको अध्यक्षतामा बसेको बैठकमा वडा नम्बर १० का वडाअध्यक्ष सुशील साह कानु , घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष,सचिव लगायतका पदाधिकारी, समितिका पूर्वअध्यक्ष, पूर्व पदाधिकारी,स्थानीय युवा लगायतकाको सहभागिता थियो ।
नवगठित छठ पूजा व्यवस्थापन समितिको बस्ने पहिलो बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने र तयारीको कामपनि सुरु गर्ने अध्यक्ष साहले जानकारी दिए ।



