Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज यातायात कार्यालयमा अख्तियारको नजर पुग्ला करोडौं कुम्ल्याउने अधिकृत यादवमाथि संगीन आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ९,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — छैठौं तहको अधिकृत भएर पनि करोडौं कमाएको आरोप खेपिरहेका वीरगंज यातायात व्यवस्था कार्यालयका विश्वनाथ यादव पछिल्लो समय घुस प्रकरण, शक्तिको दुरुपयोग र गुटबन्दीका कारण चर्चामा छन्। सेवाग्राहीहरूलाई झुलाएर, पैसा लिएपछि मात्रै काम गर्ने प्रवृत्तिका कारण यादवमाथि गम्भीर आरोप लाग्दै आएका छन्।

सूत्रहरूका अनुसार, सवारी चालक अनुमति पत्र (लाइसेन्स) शाखाको एकछत्र मालिक झैँ बनेका यादवले नविकरण, प्रतिलिपि, प्रमाणिकरणजस्ता सामान्य सेवामा समेत मनपरी गरेका छन्। घुस नपाएसम्म काम अड्काउने, मन लागे झैं ढिलो गर्ने र सेवाग्राहीलाई दुःख दिने उनले ‘मनोपोली सिस्टम’ बनाएको आरोप छ।

मन्त्रीको नाममा खुलेआम असुली
यादवले खुलेआम मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय र उनका भाई श्याम किशोर यादवसँगको सम्बन्ध देखाउँदै कर्मचारीहरूमाथि धाक जमाउने गरेका छन्। दशैंको नाममा मन्त्रीको ‘कोटेशन’ देखाउँदै केही कर्मचारीहरूसँग पैसा उठाउने काम अझै भइरहेको स्रोतहरू बताउँछन्।

जग्गा, जमिन र रक्सीको रमाइलो

करोडौंको अवैध सम्पत्ति जम्मा गरेका यादवले आफ्ना आफन्तको नाममा जग्गा(जमिन जोड्दै गएका छन्। कार्यालयको काम सकेपछि रक्सीको भट्टीमा रमाइलो गर्ने र ‘म नै मन्त्री हुँ’ भन्ने शैलीमा ठट्टा गर्ने उनी सेवा भन्दा रमाइलोमा माहिर देखिएका छन्।

गुटबन्दी र धम्कीको राजनीति

कर्मचारीहरूलाई धम्क्याउने, मन नपरे सरुवा गराउने बानीले कार्यालयमा अशान्ति फैलाएको बताइन्छ। वीरगंज यातायात कार्यालयभित्र गुटबन्दीको माहोल चर्किएको र यादवविरुद्ध कर्मचारीहरू पनि आक्रोशित देखिन थालेका छन्।

कहाँ छ अख्तियार

एक तल्लो तहका अधिकृतले यति ठूला भ्रष्टाचारका खेल गर्न सक्नु र राज्यका नियमनकारी निकाय — अख्तियार, सम्पत्ति शुद्धिकरण विभाग — मौन बस्नुले आम नागरिकहरू अचम्ममा परेका छन्।

सेवाग्रहीलाई दुहुनो गाई बनाउने यस्तो प्रवृत्तिमाथि कारबाहीको माग गर्दै वीरगंजका सचेत नागरिकहरू राज्यसँग कडा प्रश्न गरिरहेका छन् — के अख्तियारको नजर अब पनि पुग्ने छैन सभार भोजपुरी टाइम्समा बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन ९,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद