Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

बाराको ब्रम्हपुरीमा नवरात्र पूजाबाट दलित समुदाय बहिष्कृत, दोषीमाथि कारबाहीको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ८,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter


बारा । संविधानले तोकेको समानताको हक र जातीय भेदभावविरुद्धको मापदण्डलाई खुला चुनौती दिँदै बाराको ब्रम्हपुरीमा आयोजित सार्वजनिक नवरात्र पूजाबाट दलित समुदायलाई सहभागी हुन रोकिएको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रम्हपुरीमा गाँउको सार्वजनिक स्थलमा आयोजित दशैंको नवरात्री पूजामा आँफुलाई कथित उपल्लो जातिका भन्नेहरुले गाँउका दलितहरुलाई सहभागी हुनबाट रोक लगाएको घटना प्रकाशमा आएको हो ।

घटस्थापनाका लागि सोमबार निकालिएको कलश यात्रा र त्यसपछि सुरु भएको नवरात्रा पूजामा दलितहरुलाई सहभागी हुन नदिएको नेपाल दलित संघर्ष समिति बाराका अध्यक्ष गुल्चन महराले जानकारी दिए ।

उनले आरोप लगाएका आयोजकमध्ये डा. रामाशंकर साह, श्याम साह तेली, रामाशंकर साह तेली, धेनुक राउत कुर्मी, नवल पटेल, केदार राउत कुर्मी, र रुदल साह तेली रहेका छन्।
पूजामा दलितहरुलाई सहभागी हुनबाट रोक्नेहरुलाई कारबाहीको माग गर्दै दलित संघर्ष समिति बाराले मंगलबार बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईलाई ज्ञापनपत्र पनि बुझाएको छ । महराको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालय बारामा पुगेका दलित अगुवाहरुले दशैंको जारी नवरात्री पूजामा दलितहरुलाई पनि सहभागी हुने वातावरण मिलाई दिन सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईसंग माग गरे ।

सहायक प्रजिअ भट्टराईलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ–नेपालको संविधानले जातीय छुवाछुत र भेदभावलाई स्पष्ट रूपमा निषेध गरेको छ । तर, ब्रहम्पुरी गाउँमा तथाकथित उपल्लो जातिका व्यक्तिहरूले दलित समुदायको हक अधिकारमाथि ठाडो हस्तक्षेप गरेर पूजामा सामेल हुनबाट बञ्चित गराएका छन् । यो घटनाको सत्यतथ्य छानबिन गरी त्यसमा संलग्नहरुलाई कानुन अनुसार कारबाही गर्न माग गर्दछौं ।’

ब्रम्हपुरी गाँउको घटनाले दलित समुदायको आत्मसम्मान र संवैधानिक अधिकारमाथि गम्भीर आघात पु¥याएको महराले बताए ।उनले भने,‘संविधान र कानुन सबैका लागि समान छ, तर हामीलाई पूजा स्थलमा प्रवेश गर्नबाट रोकिनु र जलयात्रामा सहभागी हुन नदिनुले सामाजिक सद्भावमाथि नै प्रश्न उठाएको छ । हामी यो अन्यायविरुद्ध अन्तिमसम्म लड्नेछौँ र दोषीमाथि कडा कारबाही नभएसम्म चुप लागेर बस्ने छैनौँ ।’

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले ब्रम्हपुर गाँउमा चलिरहेको दशैंको पूजामा दलितलाई सहभागी हुनबाट आँफुलाई कथित उपल्लो जाति भन्नेहरुले बञ्चि गरेपछि विवाद भएको बताए ।जातिय छुवाछु्त र विभेद कसैलेपनि गर्न नपाउने भन्दै उनले भने,‘ दलित भएकै पूजामा हिभागी हुनबाट बञ्चित गरिनु कानुनी अपराध हो । यो घटनाको सत्यतथ्य छानबिन हुन्छ । दोषी पुष्टी भए कानुन अनुसार कारबाही हुन्छ । उनले ब्रम्हपुरीको घटनाबारे जिल्ला प्रशासन कार्यालयमा जानकारी आइसकेपछि त्यसबारेमा सत्यतथ्य बुझन् दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालमा बोलाइएको जानकारी उनले दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम
खेलकुद

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम

प्रकाशित : २०८२ आश्विन ८,बुधबार
सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद