Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

प्रदर्शनमा ध्वस्त प्रहरी चौकी पुनः सञ्चालनमा, विभिन्न संघसंस्थाको सक्रिय सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीको शिकार बनेको वीरगन्ज महानगरपालिका–१४ स्थित गण्डक चोकको प्रहरी चौकी पुनः सञ्चालनमा ल्याउन विभिन्न संघसंस्थाले महत्वपूर्ण सहयोग गरेका छन्।

प्रहरी चौकीको पूर्वाधार पुनःस्थापना र सञ्चालनमा ल्याउन उत्कर्ष नेपाल, उपकार सेवा नेपाल र वीरगन्ज पब्लिक कलेजले संयुक्तरूपमा आवश्यक सामग्री उपलब्ध गराएका हुन्। ती संस्थाहरुले चौकीमा कुर्सी, टेवल, चापाकल, पानी तान्ने मोटर, बेडसिट, डसना, तकिया, र खाना पकाउने भाँडाकुँडा जस्ता दैनिक उपयोगका सामग्री प्रदान गरेका छन्।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया, संरक्षक पद्मा देवी सरावगी, वीरगन्ज पब्लिक कलेजका सञ्चालक प्रा। डा। दीपक शाक्य, तथा उत्कर्ष नेपालका सदस्यहरुले सामग्री हस्तान्तरण गरेका थिए।

सामाजिक अभियन्ता प्रकाश थारुका अनुसार, प्रहरी चौकीको पुनः सञ्चालनका लागि गरिएको सहयोग सुरक्षाको पुनःस्थापना र समुदाय–प्रहरी सम्बन्ध मजबुत बनाउन एक सकारात्मक पहल हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद