वीरगञ्ज ।
जितपुर सिमरा उप(महानगरपालिका वडा नम्बर १८ स्थित बडहर्वा चोकमा बेवारिसे अवस्थामा भेटिएकी मानसिक रूपमा कमजोर एक जना महिला आज दिउँसो उद्धार गरिएको छ। अन्दाजी ४० वर्षकी ती महिलाले आफ्नो नाम नाएदा खातुन बताए पनि ठेगाना स्पष्ट भन्न नसक्ने अवस्थामा रहेको जनाइएको छ।
मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार दिउँसो २स्३० बजे उक्त महिलालाई उद्धार गरी आश्रममा ल्याएको हो। उद्धार पश्चात् आश्रममा उनको सरसफाई, नुहाइ–धुहाइ गराई डाक्टर भरत गोईज्यूको निगरानीमा आवश्यक औषधोपचार सुरू गरिएको मानवसेवा आश्रमले जनाएको छ।
उक्त उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, संयोजक मुना मगर, स्वयंसेवक सरोज विक, दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका हवलदार बब्लु सिंह, वडा अध्यक्ष चतुर बाबु वाग्ले लगायत स्थानीय समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो ।
मानवसेवा आश्रमले यस्ता मानसिक रूपमा अशक्त, बेवारिसे तथा असहाय व्यक्तिहरूको उद्धार गर्दै पुनःस्थापना र पुनःसमाजिकीकरणका लागि कार्य गर्दै आएको छ ।



