बिरगञ्ज –
महिला दिदीबहिनीहरूको महान् चाड हरितालिका तीजको अवसरमा विशेष दर खाने कार्यक्रम सोमबार बिरगञ्जमा सम्पन्न भएको छ।
गण्डकस्थित होटल क्लासिक रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा आयोजक सजन कुमार अग्रवालले सम्पूर्ण दिदीबहिनीहरूलाई सहभागी भई तीजको उल्लास साझा गर्न आग्रह गरेका थिए।
कार्यक्रमलाई न्यू मनोकामना जनरल स्टोरले विशेष सहयोग प्रदान गरेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस



