Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर–५ बहुअरीमा न्यायिक समितिको निर्णय लागू गर्न माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण ३१,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर, बारा । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा स्थानीय बासिन्दाले “सर्वदलीय बाटो निर्माण संघर्ष समिति” गठन गरी बाटो निर्माणका लागि आन्दोलन शुरु गरेका छन्।

संघर्ष समितिले शनिबार एक भेलापछि गाउँपालिकाले बाटो निर्माणमा लापरबाही गरेको भन्दै तत्काल न्यायिक समितिको अघिल्लो निर्णय कार्यान्वयन गर्न माग गरेको हो। समितिका सदस्यहरूले वडाभित्र परिक्रमा गर्दै जनचेतनामूलक गतिविधि समेत गरेका थिए।

समितिले न्यायिक समितिले २०७९ साल असार १७ गते गरेको निर्णय अझै लागू नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। “निर्णय कार्यान्वयन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइन्छ,” समितिले चेतावनी दिएको छ।

यसैबीच, संघर्ष समितिले आगामी आइतबार वडा कार्यालयलाई एक घण्टा घेराउ गर्ने कार्यक्रमको घोषणा समेत गरेको छ।

स्थानीयवासीहरूले बाटो अभावमा दैनिक जीवनमा समस्या हुँदै आएको गुनासो गर्दै, सबै राजनीतिक दलका कार्यकर्ताहरू एकजुट भएर संघर्ष समिति गठन गरिएको बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ श्रावण ३१,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ श्रावण ३१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद