Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज बालसुधार गृहमा सानोपाइला संस्थाको मैनबत्ति तालिमको दोस्रो दिन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण २१,बुधबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – सानोपाइला संस्थाको आयोजनामा तथा कोयष्ट फर्माको आर्थिक सहयोगमा वीरगंजस्थित बालसुधार गृहमा सञ्चालन भइरहेको सात दिने मैनबत्ति तालीमको दोस्रो दिन बुधबार सम्पन्न भएको छ। प्रकाश प्रोजेक्टको सहकार्यमा सञ्चालन भइरहेको उक्त तालीमको उद्देश्य बालसुधार गृहमा रहेका बालबालिकालाई व्यवहारिक सीप प्रदान गर्दै आत्मनिर्भर बनाउने रहेको छ।

तालीमको पहिलो चरणमा बालसुधार गृहमा रहेका १५ जना बालकैदी सहभागी छन्। उनीहरूलाई विभिन्न किसिमका आकर्षक ढाँचामा सजावटी मैनबत्ति बनाउने सीप दिइँदैछ। प्रशिक्षक बिपिन उपाध्यायका अनुसार तालीममा मोम पगाल्ने विधि, ढाँचा तयार गर्ने, रंग संयोजन गर्ने, र सजावट गर्ने जस्ता सीपहरू सिकाइँदै छन्।

कार्यक्रममा प्रकाश प्रोजेक्टकी अध्यक्ष सुशमा गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं, सानोपाइला संस्थाका कार्यक्रम संयोजक राजकुमार तामाङ, प्रशिक्षक बिपिन उपाध्याय लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमकी प्रमुख अतिथि तथा प्रकाश प्रोजेक्टकी अध्यक्ष गौतमले बालसुधार गृहमा रहेका बालबालिकाहरू मनोवैज्ञानिक रूपमा दबाबमा रहने भएकाले उनीहरूको आत्मबल बढाउने र सकारात्मक सोच विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन्। उनले भनिन्, ूहामी चाहन्छौं कि बालबालिकाले सुधार गृहमा बिताएको समय केवल सजायको रूपमा नलिउन्, बरु केही नयाँ सिकेर भविष्य निर्माणको आधार बनाऊन्।ू

गौतमका अनुसार हाल प्रारम्भिक चरणमा १५ जना सहभागी भए पनि आगामी दिनहरूमा थप बालबालिकालाई पनि तालिममा समावेश गरिने योजना रहेको छ।

कार्यक्रमको आयोजना सानोपाइला संस्था र प्रकाश प्रोजेक्टको सहकार्यमा गरिएको हो। आयोजकहरूले यो तालिमले बालअधिकार संरक्षण, सुधार, पुनर्स्थापना तथा पुनर्सामाजिकिकरण (resocialization) को प्रक्रियालाई सशक्त बनाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

मुख्य उद्देश्यहरू
बालसुधार गृहमा रहेका बालबालिकालाई व्यवहारिक तथा सीपमूलक ज्ञान प्रदान गर्नु।

आत्मबल तथा आत्मनिर्भरता विकास गर्नु।

सकारात्मक सोच र मनोवैज्ञानिक सशक्तिकरणमा टेवा पुर्‍याउनु।

भविष्यमा रोजगारी वा उद्यमशिलता गर्न सक्ने आधार तयार गर्नु।

पुनर्सामाजिकिकरणको प्रक्रिया सशक्त बनाउनु।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ श्रावण २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ श्रावण २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद