Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा ३२ जना विद्यार्थीलाई प्याब्सनद्वारा छात्रवृत्ति वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण १६,शुक्रबार
A A
7
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सञ्चालित प्लस टु तहका कलेजहरूमा अध्ययनरत ३२ जना विद्यार्थीलाई प्याब्सन वीरगञ्ज महानगर समितिले छात्रवृत्ति प्रदान गरेको छ। आज होटल पूजन, वीरगञ्जमा आयोजित एक समारोहका बीच छात्रवृत्ति वितरण गरिएको हो।

समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई सिफारिस पत्र हस्तान्तरण गर्दै शिक्षा क्षेत्रमा प्याब्सनले गरेको योगदानको प्रशंसा गरे। उनले भने,
“प्याब्सनले विद्यार्थीको हकमा गरेको यो पहल प्रशंसनीय छ। छात्रवृत्तिका यस्ता योजनाहरूले अभिभावकको आर्थिक बोझ कम गर्नुका साथै मेधावी विद्यार्थीलाई हौसला दिने काम गर्छ।”
उनले वीरगञ्जमै गुणस्तरीय शिक्षाको विकास हुँदै गइरहेको उल्लेख गर्दै राजधानी वा अन्यत्र जानुपर्ने अवस्थालाई क्रमशः अन्त्य गर्न सकिने विश्वास पनि व्यक्त गरे।

छात्रवृत्तिका लागि आयोजित प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूमध्ये आयुष सर्राफलाई ल्यापटप, सागर साहलाई आई ट्याब, र सञ्जोग महतो, निराजन प्रसाद, तथा रोशन गुप्तालाई कलेज पोशाक प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता प्याब्सन वीरगञ्ज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले गरेका थिए। उनले छात्रवृत्तिको माध्यमबाट समावेशी र प्रतिस्पर्धात्मक शिक्षा प्रणालीलाई प्रोत्साहन गरिने उल्लेख गरे।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले कार्यक्रममा बोल्दै भने, “छात्रवृत्तिको माध्यमबाट विद्यार्थीको मनोबल मात्र बढ्दैन, वीरगञ्जमै स्तरीय शिक्षा लिन सकिन्छ भन्ने सन्देश पनि फैलन्छ।”

समारोहमा प्याब्सन जिल्ला अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, इनोभेटिभ सोसाइटी पर्सा अध्यक्ष कमल चौगाई, सुलभ केसी, लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शर्मानन्द कुशवाहाले राखेका थिए। कार्यक्रममा सल्लाहकार मणि पाख्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, शिवजी गुप्ता, एन प्याब्सन अध्यक्ष जियालाल साह, प्याब्सन पर्सा सचिव अशोक संग्रौला, अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ श्रावण १६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ श्रावण १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद