Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिपिएस प्लस २ कलेजमा विशेष दन्त परीक्षण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण १६,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ९ स्थित बिपिएस प्लस २ कलेजमा आज एक दिवसीय विशेष दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। एभरेष्ट दन्त सेवा केन्द्र प्रा।लि।को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा करिब २०० जना विद्यार्थीको दन्त परीक्षण गरिएको हो।

कार्यक्रममा डा। मनोज कुमार उपाध्याय, डा. पूजा सर्राफ र डा. चन्द्रकान्त पासवान नेतृत्वको चिकित्सक टोलीले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको दाँतको अवस्था परीक्षण गरेका थिए। परीक्षणका क्रममा ८० जना विद्यार्थीमा गिजा सुन्निने, दाँतबाट रगत आउने तथा किराले खाएको समस्या देखिएको चिकित्सक टोलीले जनाकारी दिएका छन् ।

समस्याग्रस्त विद्यार्थीहरूलाई थप जाँच र उपचारका लागि क्लिनिकमा बोलाइएको छ भने, उनीहरूलाई २५ प्रतिशत छुट पनि प्रदान गरिने जानकारी दिइएको छ।

चिकित्सक टोलीले दन्त स्वास्थ्यप्रति विद्यार्थीहरूमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए। साथै, यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिए।

कार्यक्रमको समापनमा बिपिएस प्लस २ कलेजका डाइरेक्टर दीपक पटेलले धन्यवाद ज्ञापन गर्दै दन्त स्वास्थ्यले बालबालिकाको समग्र स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा डाइरेक्टर पटेलसहित सन्दीप कुशवाहा, चिकित्सक टोली, कलेजका शिक्षक(शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यार्थीहरूलाई दाँतको सरसफाइ, नियमित जाँचको महत्त्व, क्याभिटीको समाधान तथा खानपानका असरहरूबारे जानकारी प्रदान गरिएको थियो। साथै, चिकित्सकहरूले आवश्यक सल्लाहसहित प्राथमिक उपचार सेवा पनि दिएका थिए।

कलेज प्रशासनले एभरेष्ट दन्त सेवा केन्द्रलाई विशेष धन्यवाद ज्ञापन गर्दै भविष्यमा यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा निरन्तर सहकार्यको अपेक्षा राखेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ श्रावण १६,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ श्रावण १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद