Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको बैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २७,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । शुक्रबार वीरगंजस्थित बिकन स्कुलको प्राङ्गणमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साको बैठक सम्पन्न भएको छ।
बैठकमा विभिन्न महत्त्वपूर्ण प्रस्तावहरूमाथि छलफल गरियो थियो । साथै विशेषगरी पर्सा जिल्लाभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत तथा हालै सम्पन्न एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान (कदरपत्र) प्रदान गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ।यो कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई अझ मेहेनती, अनुशासित र लक्ष्यकेन्द्रित बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

बैठकको अन्त्यतिर वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्यायले प्रतिष्ठानका विविध सामाजिक र शैक्षिक कार्यक्रमहरूको स्मरण गराउँदै भने शैक्षिक शहीदको स्मृतिमा स्थापना गरिएको यस प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र वातावरणीय सचेतनाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

उनका अनुसार, प्रतिष्ठानले विगतमा आयोजना गरेका प्रमुख कार्यक्रमहरू यसप्रकार छन्।स्वास्थ्य शिविर तथा निःशुल्क उपचार सेवा,नियमित रक्तदान कार्यक्रम,प्राध्यापक सम्मान कार्यक्रम,बृक्षारोपण अभियान,गर्मीयाममा चिसो पिउने पानी वितरण,मानव सेवा आश्रममा भोजन सेवा लगाएतका कार्यक्रमहरु गर्दै आएको बताए।यस्ता कार्यक्रमहरूबाट स्थानीय समुदायमा सकारात्मक सन्देश र सामाजिक उत्तरदायित्वको भावना प्रवाह भइरहेको उपाध्यायले उल्लेख गरे।

शैक्षिक सहिद मुकुन्द प्रसाद खनालको सम्झनामा स्थापित प्रतिष्ठानले समाजमा उदाहरणीय कार्य गर्दै आएको छ। शिक्षा र सामाजिक सेवाको यो अभियानले पर्सा जिल्लालाई नै एउटा नमूना क्षेत्रका रूपमा प्रस्तुत गरिरहेको छ।

बैठकमा प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षतामा समाजसेवी तथा वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्यायको विशेष उपस्थिति रहेको थियो।

बैठकमा प्रतिष्ठानका विभिन्न पदाधिकारी तथा सल्लाहकार सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीमध्ये प्रमुख व्यक्ति हरू कोषाध्यक्ष बिना खतिवडा आचार्य,सचिव लालबाबू सिंह,सहसचिव अजित कुमार भुजेल,सदस्यहरू श्रवणबहादुर रायमाझी,शर्मा गोसाई, प्रभु रौनियार,नवराज भट्टराई, मंगल सिंह लगायत अन्य पदाधिकारी तथा सल्लाहकारहरू उपस्थित रहेको थियोे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

साउथ सिटी हिमाल हस्पिटलको कार्यक्रममा ४१ जनाले गरे रक्तदान
राष्ट्रिय

साउथ सिटी हिमाल हस्पिटलको कार्यक्रममा ४१ जनाले गरे रक्तदान

प्रकाशित : २०८२ असार २७,शुक्रबार
सई सुभाष यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित — सीमा अपराध नियन्त्रणदेखि मानव उद्धारसम्म प्रेरणादायी सक्रियता
मुख्य समाचार

सई सुभाष यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित — सीमा अपराध नियन्त्रणदेखि मानव उद्धारसम्म प्रेरणादायी सक्रियता

प्रकाशित : २०८२ असार २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद