Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेसनल इन्फोटेक कलेजद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २५,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — बढ्दो गर्मी र वीरगंजमा देखिएको रक्त अभावलाई मध्यनजर गर्दै, नेसनल इन्फोटेक कलेज, वीरगंज–१५ ब्रह्मचोकले बुधबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कलेज परिसरमा आयोजित सो कार्यक्रममा २४ महिलासहित १६९ जना रक्तदाताहरूले रगतदान गरेका छन्।

कार्यक्रमको शुभारम्भ कलेजका संचालकद्वय मनिष सिंह र काजल सिंहले स्वयं रक्तदान गर्दै गरेका थिए। उनीहरूले सवै रक्तदाताहरूलाई ब्लड कलेक्शन ब्याग प्रदान गर्दै मानवता र सेवा भावनाप्रति आभार व्यक्त गरेका थिए।

रक्तदान कार्यक्रममा सहभागिता जनाउनेहरूमध्ये काजल सिंह, मनिष सिंह, सयोनी कुमारी, रबिना खातुन, मनिका यादव, स्नेहा साह, सम्झना यादव, रानु पाल, कन्चन कुमारी, सुजाता यादव, चित्रलेखा कुमारी, लगायत सयौं युवाहरूले आफ्नो अमूल्य रगत दान गरी मानवताको सशक्त उदाहरण प्रस्तुत गरेका छन्।

कार्यक्रममा वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखाका सभापति सतीश सिंह राजपूत, सामाजिक अभियन्ता दिवेश मानवसेवा, ओमकुमार झा, राजन श्रीवास्तव, पत्रकार अर्जुन चौधरी, अभिलाष गुप्ता, साथै कलेजका शिक्षक, विद्यार्थी, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमका अवसरमा कलेज संचालक मनिष सिंहले रक्तदान जात, धर्म, वर्ग, हैसियतभन्दा माथि उठेर गरिने मानवता र सेवा भावनाको कार्य भएको उल्लेख गर्दै भने, रक्तदान नै जीवनदान हो। वीरगंजमा गर्मीसँगै रगतको चरम अभाव भएको अवस्थामा हामीले यो आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेका हौं।

त्यस्तै, कलेजका एशिया निर्देशक सुधिर पटेलले तीन–तीन महिनामा शरीरमा नयाँ रगत बन्ने भएकाले सबैले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। रक्तदान कार्यक्रमको सफल संचालनमा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा स्वयंसेवक टोलीले रक्तदाताहरूलाई सहयोग पुर्‍याएका थिए।

कार्यक्रमले वीरगंजमा देखिएको रगत अभाव पूर्तिमा तात्कालिक राहत दिनुका साथै रक्तदानप्रति युवाहरूमा सकारात्मक सन्देश फैलाएको सहभागीहरू बताउँछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार २५,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार २५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद