Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा पानीको चरम संकटस् जनमत पार्टीको जल सत्याग्रह सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २५,बुधबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — वीरगन्ज र वरपरका क्षेत्रमा खानेपानीको चरम अभावले जनजीवन अस्तव्यस्त बनिरहेको छ। बिहानदेखि बेलुकासम्म स्थानीय बासिन्दाहरू पानीको खोजीमा भौँतारिन बाध्य छन्। तर पनि सरकारले समाधानका लागि कुनै ठोस कदम नचालेको आरोप लाग्दै आएको छ।

यसै पृष्ठभूमिमा जनमत पार्टीले “जल सत्याग्रह” नामक आन्दोलन सुरु गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरू गाग्री र बाल्टिन बोकेर सडकमा उत्रिएका छन्, र नाराबाजी गर्दै सत्ताको लापरवाहीप्रति आक्रोश व्यक्त गरेका छन्।

“पानी दे या मारी दे”, “तीनै तहको सरकार मुर्दाबाद”, “वीरगन्जमा पानी संकट विशेष प्याकेज लागू गर” जस्ता नाराले शहरका सडक गुञ्जाएका छन्।

जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले वीरगन्जलाई निरन्तर उपेक्षा गरिएको आरोप लगाउँदै भने, ूसरकार गम्भीर छैन, हामी बाध्य भएर सडकमा उत्रेका हौं। आवश्यक परे मुख्यमन्त्री कार्यालय घेराउ पनि गर्न सक्छौं।

उनले थपे, यो आन्दोलन हाम्रो पार्टीकै सरकारविरुद्ध भए पनि जनताको हितका लागि जनमत पार्टी पछि हट्दैन। वीरगन्ज र पर्सा जिल्लालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी विशेष राहत प्याकेज तत्काल लागू गर्नुपर्ने हाम्रो मुख्य माग हो।

स्थानीयवासीहरूले जनमत पार्टीको यो आन्दोलनलाई जनताको आवाज बुलन्द गर्ने साहसी कदम भन्दै समर्थन जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार २५,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार २५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद