Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुअरी टोलमा एसईई उत्तीर्ण ४५ विद्यार्थीलाई विशेष सम्मान, उत्कृष्ट पूनम कुमारीलाई नगद प्रोत्साहन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २२,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको परवानीपुर गाउँपालिका–५, बहुअरी टोलमा यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका ४५ जना विद्यार्थीलाई विशेष सम्मान गरिएको छ। स्वच्छ समाज युवा क्लबको आयोजनामा श्री विष्णु नारायण धर्मशालामा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि डा। शिवशंकर यादवले विद्यार्थीसँग सम्बोधन गर्दै ूशिक्षा जीवनभर चल्ने यात्रा हो, निरन्तरता, लक्ष्यप्रति समर्पण र सकारात्मक सोच अत्यावश्यक छ,ू भन्ने सन्देश दिए।

समाजसेवी शिवशंकर पटेलले अनुशासन र लगनशीलता विद्यार्थीका लागि आधार स्तम्भ भएको बताउँदै ठूला(बडाको सम्मान गर्न र सदैव सकारात्मक सोच राख्न सुझाव दिए।

अधिवक्ता रामचन्द्र सिंहले परम्परागत र आधुनिक शिक्षाबीच तुलना गर्दै अहिलेको शिक्षा प्रणालीले भविष्यमा अपार अवसर खोल्ने बताए। उनले ूअबको चरण कडा मिहिनेतको होू भन्दै विद्यार्थीहरूलाई सजग बनाइदिए।

त्यसैगरी, डा। प्रमोद यादवले विषय छनोटमा रुचि र दीर्घकालीन लक्ष्यलाई प्राथमिकता दिन विद्यार्थीहरूलाई आग्रह गरे।

गाउँपालिका अध्यक्षका प्रत्यासी समाजसेवी सञ्जु साहले शुभकामना दिँदै ूसमाज गलत दिशातर्फ जाँदैछ,ू भन्दै चिन्ता व्यक्त गरे। उनले देशको विकासमा बाधक बन्ने भ्रष्ट शासक वर्गप्रति गम्भीर टिप्पणी गर्दै राजनीतिक जागरण आवश्यक रहेको बताए।

कार्यक्रममा डा। अर्जुन पटेल, रमेश सिंह, प्रा। जितेन्द्र वर्मा, सई टेजप्रताप सिंह, ज्ञानेन्द्र शाह, मोहन यादव, रामजी सिंह, असेश्वर पटेल, वडा सदस्य दारा सिंह पटेल, भरत ठाकुर लगायतले शुभकामना मन्तव्य राख्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गरे।

कार्यक्रममा समाजसेवी अजय पटेलले क्लबलाई आगामी गतिविधिका लागि रु। ५,००० नगद सहयोग गरेका थिए।

सम्मानित विद्यार्थीहरूबाट सुस्मिता पासवान, आदित्य यादव र पूनम कुमारी साहले सम्मानप्रति आभार व्यक्त गर्दै आफ्नो अनुभव पनि साझा गरे।

बहुअरी टोलबाट यस वर्ष सबैभन्दा उच्च न्एब् हासिल गरेकी पूनम कुमारी साहलाई वडा अध्यक्ष रामेश्वर साहले प्रोत्साहन स्वरूप रु। ५,००० को चेक प्रदान गरेका थिए।

कार्यक्रमको अन्त्यमा क्लब अध्यक्ष भूपेन्द्र पटेलले सबैलाई धन्यवाद दिँदै ं२ तहमा अध्ययनरत बहुअरी टोलका विद्यार्थीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरे।

कार्यक्रमको स्वागत मन्तव्य क्लब सदस्य तथा प्राध्यापक सरोज यादवले राखेका थिए भने सञ्चालन क्लबका सचिव तथा अधिवक्ता त्रिलोक प्रताप सिंहले गरेका थिए। क्लबका उपाध्यक्ष उमेश साह, सदस्य सन्दीप यादव, लालबाबु यादव, कृष्णा साह, रञ्जित साह लगायतको सक्रिय सहभागितामा कार्यक्रम सफल भएको थियो।

स्वच्छ समाज युवा क्लबद्वारा युवाहरूमाझ सकारात्मक सोच र प्रेरणा फैलाउने कार्यप्रति सहभागिहरूले प्रशंसा व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८२ असार २२,आईतवार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८२ असार २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद