Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज युवा समाजद्वारा सम्मान तथा टी शर्ट वितरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २२,आईतवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । वीरगंज युवा समाजको आयोजनामा एक विशेष सम्मान तथा टी(शर्ट वितरण कार्यक्रम आइतवार वीरगंजस्थित होटल मकालुको सभा हलमा सम्पन्न भएको छ।

कार्यक्रममा समाजका अध्यक्ष सञ्जीव थापाको अध्यक्षता रहेको थियो भने पर्सा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्र प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा एस इ इ परीक्षामा ४।० जि.पि.ए ल्याएर पर्सा जिल्लाभरिका सामुदायिक विद्यालयहरूबीच उत्कृष्टता हासिल गर्ने विद्यार्थी सचिन मेहतालाई सम्मान गरिएको थियो। त्रिजुद्ध माध्यमिक विद्यालयबाट एस इ इ परीक्षा दिएका मेहतालाई समाजले रु ५,१०० नगद, दोसल्ला र सम्मान पत्र प्रदान गर्दै अभिनन्दन गरेको हो।

त्यस अवसरमा पब्लिक टेक फाउन्डेशनको प्रायोजनमा तयार गरिएका टी(शर्टहरू फाउन्डेशनका निर्देशक महावीर जैसवालले समाजका अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए। उक्त टी(शर्टहरू प्रमुख अतिथि, अतिथिहरू र अध्यक्षको हातबाट समाजका सम्पूर्ण सदस्यहरूलाई वितरण गरिएको थियो।

कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, फोटो पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, डा. मनोज उपाध्याय, डा. प्रिटी यादव, सुभद्रा राणा भट्टराई, बिनोद धिमाल, पूर्ण गुरुङ, मनोज गुप्तालगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजिकरण समाजका सल्लाहकार मार्टिन मोक्तानले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार २२,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद