Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज मेनरोड सडक विस्तारको विरोधमा संघर्ष समिति सक्रिय, भोलि बजार बन्दको घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १९,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — वीरगंज मेनरोड क्षेत्रमा प्रस्तावित सडक विस्तारको नाममा स्थानीय घरधनी र व्यापारीहरूलाई विस्थापन गर्न खोजिएको भन्दै “वीरगंज बचाऊ संघर्ष समिति” र “वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति” संयुक्तरूपमा विरोधमा उत्रिएका छन्।
सोही सन्दर्भमा आज विहीबार वीरगंजस्थित रानीसती अतिथि सदनमा एक कार्यक्रम विच जानकारी गराएका छन् ।
कार्यक्रममा वक्ताहरूले भने “विकास विनाशकारी होइन, जनमुखी हुनुपर्छ” सरकारद्वारा अगाडि सारिएको सडक विस्तार योजनालाई “एकतर्फी र जबर्जस्तीपूर्ण” भएको छ ।कार्यक्रममा संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताको अध्यक्षता तथा सडक पीडित संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारको सञ्चालन गरेका थिए। कार्यक्रममा गोपाल केडिया, वीरगंज वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश अग्रवाल लगायत व्यापारी, स्थानीय अगुवा र नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संघर्ष समितिले जनताको आक्रोश र असन्तोष सार्वजनिकरूपमा देखाउन भोलि बिहान ११ बजेसम्म वीरगंज बजार पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। समितिका अनुसार यो बन्द शान्तिपूर्ण हुनेछ र न्यायको माग र अधिकारको संरक्षणका लागि दबाब दिने उपाय हो।

ूविकासको नाममा दोहोरो भूमिका स्वीकार्य छैनू – जवाहर गुप्ता,कार्यक्रममा अध्यक्ष जवाहर गुप्ताले वीरगंज महानगर प्रमुखमाथि कडा आलोचना गर्दै भने,
“हामीलाई स्टन्टबाजी गरेर झुक्याउने प्रयास नगरियोस् तथा जनता सबै बुझिरहेका छन्। विकासको नाममा दोहोरो भूमिका खेल्न पाइँदैन।” उनले निर्णय प्रक्रियामा अपारदर्शिता, स्वार्थप्रेरित निर्णयहरू र जनतालाई बेवास्ता गरिएको आरोप लगाए।विकासको आवश्यकताप्रति समर्थन जनाउँदै पनि उनले भने,
“भौतिक विकास जनताको मौलिक अधिकारमाथि चोट पुर्‍याउँदै अघि बढ्नु कदापि स्वीकार्य छैन।”संघर्ष समितिको चेतावनी यदि आवाज नसुने परिणाम भोग्न तयार रहन चेतावनी दिए । कार्यक्रममा सहभागी वक्ता र समितिहरूले चेतावनी दिएका छन् कि यदि स्थानीय सरकार र सरोकारवालाहरूले जनभावनाको बेवास्ता गरे, परिस्थिति थप उग्र र प्रतिकारात्मक रूप लिन सक्नेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार १९,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद