Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पोखरिया नगरपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन आग्रह, श्रावण मसान्त अन्तिम म्याद

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १८,बुधबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पोखरिया –
पोखरिया नगरपालिकाले आर्थिक पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८१र८२ को सम्पत्ति विवरण समयमै बुझाउन सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आग्रह गरेको छ।

नगरपालिकाले हालै सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेसम्म, अर्थात् श्रावण मसान्तभित्र, सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको हो। यो सूचना पोखरिया नगरपालिकाभित्र कार्यरत सबै जनप्रतिनिधिहरू, स्थायी, करार तथा स्थानीय सेवाका कर्मचारीहरू, साथै राहत, अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई लक्षित गरिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधानअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा तोकिएको म्यादभित्र विवरण नबुझाएमा प्रचलित कानुनबमोजिम जरिवाना लाग्न सक्ने उल्लेख गरिएको छ। सूचनामा सबैलाई कानुनी उत्तरदायित्वप्रति सचेत रहन आग्रह गर्दै, पारदर्शी प्रशासन र जिम्मेवार स्थानीय सरकार निर्माणमा सबैको सक्रिय भूमिका अपेक्षा गरिएको छ।

सम्पत्ति विवरण बुझाउने प्रक्रिया सहज बनाउन सम्बन्धित शाखाले आवश्यक सहयोग र जानकारी प्रदान गरिरहेको जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार १८,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद