Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बीरगंजको ब्राइट प्लस टु कलेजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक विशेष कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १७,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज, पर्सा — ब्राइट प्लस टु कलेज, बीरगंजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा श्रीराम अस्पतालकी निर्देशक डा। प्रीति यादवले मानसिक सन्तुलन, तनाव व्यवस्थापन, र युवाहरूमा आत्मविश्वास अभिवृद्धिका उपायहरूबारे जानकारी दिँदै मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह महत्त्व दिनुपर्नेमा जोड दिइन्।

उनले युवाहरूले मानसिक समस्यालाई नजरअन्दाज नगरी समयमै आवश्यक परामर्श लिनुपर्ने सुझाव दिइन्।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित नेपाल इनोभेटिभ सोसाइटी, पर्साका अध्यक्ष कमल चौगाईले “ग्लोबली सोचौं, स्थानीय रूपमा कार्य गरौं” भन्ने नाराको अर्थ स्पष्ट पार्दै युवाहरूलाई सामाजिक रूपान्तरणको मेरुदण्डको रूपमा चित्रण गरे। उनले भने, ूसामाजिक परिवर्तन ठूला शक्ति वा निकायबाट होइन, युवाको सक्रियता, सोच र कार्यशैलीबाट सम्भव हुन्छ।ू

अध्यक्ष चौगाईले हालै देखिएको प्रवृत्ति — सीप सिकेर विदेशिने — लाई चुनौती दिँदै देशमै सिर्जनशील कार्यमार्फत रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्नुपर्ने धारणा राखे। “खाडी जानुभन्दा आफ्नै माटोमा स्वाभिमानका साथ केही गर्न सक्नु गर्वको कुरा हो,” उनले भने।

कार्यक्रममा कक्षा १२ का साइन्स तथा म्यानेजमेन्ट संकायका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कलेजका निर्देशक मुकेश प्रसाद गुप्ता र कार्यक्रम समन्वयकर्ता गोविन्द प्रसाद गुप्ताको सक्रिय सहभागिताले कार्यक्रमको सफलतामा थप ऊर्जा दिएको थियो।

नेपाल इनोभेटिभ सोसाइटी पर्सा जिल्लामा शिक्षा, स्वास्थ्य, वातावरण, युवा सशक्तिकरण तथा सामाजिक सेवामा क्रियाशील गैर(नाफामूलक संस्था हो, जसले युवामैत्री कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यप्रति सजग बनाउनुका साथै सामाजिक उत्तरदायित्वप्रति सचेत गराउनु रहेको आयोजकले जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार १७,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार १७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद