Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एसईई नतिजा शर्मनाक! परवानीपुरका तीन सामुदायिक विद्यालयमा उत्तीर्ण दर १३% भन्दा कम

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १७,मंगलवार
A A
11
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर, (बारा) — शैक्षिक सुधारका नाममा वर्षौंदेखि कार्यक्रम, गोष्ठी, तालिम र बजेटको ओइरो लागे पनि परवानीपुर गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको एसईई नतिजा अत्यन्तै दयनीय देखिएको छ । तथ्यांक हेर्दा, पालिकाको शिक्षा क्षेत्र चरम संकटमा रहेको स्पष्ट देखिन्छ ।

निराशाजनक तथ्यांकः
श्री जनता मावि, रामपुर टोक्नेः सहभागी ९३ विद्यार्थीमध्ये मात्र ५ जना उत्तीर्ण, सफल दरः ५.३७%,श्री भोजभगत माविः सहभागी ९६ विद्यार्थीमध्ये ७ जना उत्तीर्ण, सफल दरः ७.२९% तथा श्री नेरा मावि, बुनियादः सहभागी ४७ विद्यार्थीमध्ये ६ जना मात्र उत्तीर्ण, सफल दरः १२.७६% रहेको छ ।


यसरी तीनवटै विद्यालयको औसत सफलता दर १०% भन्दा पनि कम छ, जुन राष्ट्रिय औसतभन्दा निकै तल रहेको छ । स्थानीय धर्मेन्द्र मण्डल लगायतका युवाहरूले सामाजिक सञ्जालमार्फत गम्भीर असन्तोष प्रकट गरेका छन्। उनीहरू भन्छन्, “विद्यालय शिक्षाको केन्द्र हुनुपर्ने हो, तर पालिकाभित्रका विद्यालयहरू राजनीति र प्रचारको अखडा बन्न पुगेका छन्।“

स्थानीयको चर्को आवाजः
“विद्यालयमा शिक्षणभन्दा बढी राजनीतिक हस्तक्षेप हुन्छ।““शिक्षक विकास तालिमको नाममा खर्च त हुन्छ, तर नतिजामा शून्यता ।““विद्यार्थीहरूको भविष्यसँग खेलवाड भइरहेको छ। कुन जिम्मेवारले यो जवाफ दिने?“
एसईई नतिजाले परवानीपुर गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा गम्भीर शैक्षिक संकट रहेको देखाएको छ । यसै सन्दर्भमा परवानीपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रविन्द्र मिश्रले शिक्षा प्रणालीमा देखिएको कमजोरीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनका अनुसार, एसईई नतिजा कमजोर हुनुमा धेरैजसो कारण संरचनात्मक कमजोरी, जनशक्ति अभाव र कोरोना महामारीको प्रभाव हो।
मिश्रको भनाइ अनुसार मुख्य कारणहरू ः
१. दबन्दी अनुसार शिक्षकको अभाव ः
विद्यालयहरूमा विषयगत शिक्षकको पूरै व्यवस्था छैन। खासगरी नेपाली विषयमा समस्या चरम छ — तीन विद्यालयमध्ये दुईमा नेपाली विषयका शिक्षक छैनन् ।
२. कोरोनाको दीर्घकालीन असर ः
“कोरोना महामारीपछि अहिलेसम्म पनि शैक्षिक स्तरमा सुधार ल्याउन सकिएको छैन,” मिश्रले भने ।
महामारीको समयमा सिकाइ गुम्दा विद्यार्थीहरू गृहकार्य नगर्ने, पढाइमा ध्यान नदिने, र कोचिङ कक्षा बहिष्कार गर्ने प्रवृत्ति देखिएको छ ।
३. विद्यार्थी र शिक्षकबीचको अन्तरक्रियाको कमीः
मिश्रका अनुसार, “विद्यार्थीहरूले अहिले शिक्षकलाई समेत नटेर्ने अवस्था आएको छ ।”यसको असर कक्षा कोठामा प्रत्यक्ष रूपमा देखिएको छ ।
गम्भीर प्रश्नहरूः
गाउँपालिकाले शैक्षिक सुधारको लागि खर्चिएको रकम कहाँ गयो ?
शिक्षक क्षमता अभिवृद्धि कार्यक्रमको प्रभाव के भयो ?
यति कमजोर नतिजामा जनप्रतिनिधिको जवाफदेहिता कहाँ छ ?
शिक्षा क्षेत्रको यस्तो हालत रहँदा, विद्यार्थीको भविष्य अध्यारो बन्दै गएको स्थानीयको आरोप छ । अब गाउँपालिका, शिक्षा शाखा र सम्बन्धित निकायले छरितो र प्रभावकारी समाधान नल्याए, स्थिति झन् भयावह हुने देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार १७,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार १७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद