Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १५,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, १५ आषाढ । पर्साको भेडीयाही – १५ स्थित नेशनल मेडिकल कलेज, बिरगंज र पर्सा जिल्ला अन्तर्गतका २२ वटा सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
आईतबार अस्पतालको सभा हलमा पर्सा जिल्ला का २२ वटा सहकारी (साकोस) का प्रतिनिधि र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अनसरी बिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रो.डा. जैनुदिन अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार ती सहकारी साकोषका सदस्यहरूलाई नेशनल मेडिकल कलेज मार्फत विशेष छुट सहित २० प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

स्वास्थ्य सम्झौता अन्तगर्त नेशनल मेडिकल कलेजले आफ्नो समझौतापत्रमा क वर्ग र ख वर्ग गरि छुट्याएको छ । क वर्गमा सहकारीका सदस्यहरुको लागि रहेको छ । जस्मा स्वास्थ्य सुविधा तथा छुट ओपिडी टिकटमा २५ प्रतिशत, जेनरल बेड चार्जमा १५ प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिकमा ८ प्रतिशत, पयाथोलोजी जाँचमा १० प्रतिशत, यसैगरी भिडियो एक्सरे, एक्सरे, इसिजी, इन्डोस्कोपीमा ७ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा ७ प्रतिशत, फार्मेसी ओपिडीमा १० प्रतिशत, फार्मेसी आईपिडीमा १५ प्रतिशत, डेन्टल प्रोस्युडरमा ७ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

त्यसतै ख वर्गमा सहकारी संस्थाको कर्मचारी तथा संचालकहरुलाई विशेष छुट दिइएको छ । ओपिडी टिकटमा ५० प्रतिशत, जेनरल बेड चार्जमा २० प्रतिशत, आइसियु, एनआइसियु, पीआइसियुको बेड चार्जमा ५ प्रतिशत, जेनेरल लाप्रोस्कोपिक तथा इण्डो स्कोपिकमा १५ प्रतिशत, पयाथोलोजी जाँचमा १५ प्रतिशत, यसैगरी भिडियो एक्सरे, एक्सरे, इसिजी, इन्डोस्कोपीमा १२ प्रतिशत, सिटीस्क्यान, एमआरआईमा १० प्रतिशत, फार्मेसी ओपिडीमा १५ प्रतिशत, फार्मेसी आईपिडीमा १५ प्रतिशत, डेन्टल प्रोस्युडरमा ७ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सो उपचार सेवा शुल्क छुट सुविधाका लागि संस्थाले आफ्नो लेटर पैडमा सिफारिस गरेको हुनुपर्ने छ । यो सम्झौता एक वर्षसम्म लागू रहने तथा आवश्कता अनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिने अस्पतालका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले जानकारी दिए ।

सम्झौता कार्यक्रममा वीरगंज महानगरपालिकाका अधिकांश सहकारीहरुको उपस्थिति रहेको थियो । साथै सहकारीहरुले आजको दिनलाई एतिहासिक दिनको रूपमा मानेका छन् । उनीहरूले आजदेखि गरीब, असहाय, मानिसहरूलें नेशनल मेडिकल कलेजमा उपचार गराउँदा सहज हुने र बिस्तारै सेवा सुविधालाई बढाउँदै जाने खुशी व्यक्त गरे ।

साथै अस्पतालका निर्देशक डाक्टर ईसरत जहान अन्सारीले आजको दिन हामी सबैको लागि एतिहासिक दिन रहेको बताए। उनले अब सहर देखि गाउँसम्मका जन्ताले स्वास्थ्य सेवा सहज रूपमा पाउने विश्वास व्यक्त गरे । सो अवसरमा अस्पतालका मार्केटिङ र एडमिसन एण्ड डाइरेक्टर आबिद हुसेन अन्सारी ,
को-अपरेटिभ म्यानेजर्स क्लब का अध्यक्ष रविभूषण श्रीवास्तव सहित क्लबका सम्पूर्ण कार्यसमितिको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ असार १५,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ असार १५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद