Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गहवामाई रथ यात्राका कारण असार १३ गते वीरगन्जका सबै विद्यालय बन्द हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ११,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — वीरगन्ज महानगरपालिकामा असार १३ गते गहवामाईको भव्य रथ यात्रा आयोजना गरिने भएकोले सो दिन महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने भएका छन्।

बुधवार वीरगन्ज महानगरपालिका नगरकार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा, रथ यात्राको दिन विद्यार्थीको सुरक्षा र सहजीकरणका लागि पठनपाठन स्थगित गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा भनिएको छ, “असार १३ गते वीरगन्जमा गहवामाईको भव्य रथ यात्रा हुने भएकाले महानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा उक्त दिन पठनपाठन स्थगित गरिएको ब्यहोरा सबैमा जानकारी गराइन्छ।”

यसअघि पनि गत वर्ष असार २३ गते गहवामाई मन्दिरको १२ वर्ष पुरा भएको उपलक्ष्यमा आयोजना गरिएको रथ यात्राका दिन विद्यालयहरूमा विदा दिइएको थियो।

गहवामाईको रथ यात्रा वीरगन्जको संस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको ऐतिहासिक पर्व हो, जसमा हजारौं श्रद्धालुहरूको सहभागिता हुने गर्दछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार ११,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद