Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

समाजवादी प्रेस संगठन मधेस प्रदेश अध्यक्षमा पत्रकार मनोज पटेल चयन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ११,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बर्दिवास — समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगन्जका वरिष्ठ पत्रकार मनोज पटेल चयन भएका छन्। महोत्तरीको बर्दिवासमा बुधबार सम्पन्न संगठनको विस्तारित बैठकले अध्यक्ष पदमा पटेललाई सर्वसम्मत चयन गरेको हो।

पत्रकार पटेल रेडियो सिमाञ्चल, नेपालपोष्ट डेली अनलाइन तथा नेपालपोष्ट डेली पत्रिकाका सञ्चालक समेत हुन्। उनी वीरगन्जबाट सञ्चारकर्ममा सक्रिय छन्।

उक्त बैठकले प्रदेशस्तरीय नेतृत्व चयन गर्दै उपाध्यक्षमा बाराकी पत्रकार शारदा पोखरेल, सचिवमा सप्तरीका प्रमोद चालिसे, सहसचिवमा महोत्तरीकी ममता विश्वकर्मा र कोषाध्यक्षमा सिरहाका रामपुकार यादवलाई चयन गरेको छ।

बैठक समाजवादी प्रेस संगठन मधेस प्रदेश इन्चार्ज बृजलाल पासवानको अध्यक्षतामा तथा संगठनका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

बैठकमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, महासचिव रोहित दाहाल, कोषाध्यक्ष भरतराज पोखरेल, सचिवालय सदस्य रेबेन्द्र कार्की, नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मनोज चौधरी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

संगठन विस्तार र सञ्चार क्षेत्रको भूमिकाबारे महत्वपूर्ण छलफल भएको बैठकले आगामी दिनमा पत्रकारिता क्षेत्रमा समाजवादी विचार र मूल्य समेट्ने कार्ययोजना अघि बढाउने निष्कर्ष निकालेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार ११,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद