Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज र वीरगंजका ७ वटा वडाबीच नयाँ स्वास्थ्य सेवा सम्झौता सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १०,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — वीरगंजस्थित नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका ७ वटा वडाबीच स्वास्थ्य सेवामा पहुँच अभिवृद्धिका लागि पुनः एक महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। मंगलबार आयोजित विशेष कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी र वडा नं। ११, १२, १५, १९, २०, २३ र २४ का वडाध्यक्षहरूबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार ती वडाका बासिन्दाले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा पाउने भएका छन्।

सम्झौताअनुसार उपलब्ध छुट सुविधाहरू यसप्रकार छन्स्
ओपिडी टिकटमा २५५ छुट

जेनरल बेड चार्जमा १५५

आइसियु, एनआइसियु, पीआइसियु बेडमा ५५

लाप्रोस्कोपिक तथा इन्डोस्कोपिक शल्यक्रियामा ८५

पयाथोलोजी परीक्षणमा १०५

भिडियो एक्सरे, एक्सरे, ईसीजी, इन्डोस्कोपीमा ७५

सिटी स्क्यान र एमआरआईमा ७५

फार्मेसी ९ओपिडी० मा १०५ र ९आईपिडी० मा १५५

यी सुविधा प्राप्त गर्न वडाबासीले सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र पेस गर्नुपर्नेछ।

अस्पतालले सम्झौतामा संलग्न वडाहरूमा हरेक तीन महिनामा एकपटक निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाएको छ। सम्झौता एक वर्षका लागि प्रभावकारी हुनेछ भने आपसी सहमतिमा परिमार्जन गर्न सकिनेछ।

यसअघि पहिलो चरणमा १३ वटा वडासँग स्वास्थ्य सम्झौता सम्पन्न भइसकेको थियो। अहिले दोस्रो चरणमा थप ७ वडाहरूको समावेश भएपछि सम्झौतामा सहभागी वडाको संख्या २० पुगेको छ।

कार्यक्रममा वडाध्यक्षहरू अजय कुमार बरै ९वडा नं। ११०, सुरेश कुमार गुप्ता ९१२०, रमेश प्रसाद यादव ९१५०, मुकेश कुमार चौरसिया ९१९०, रामकिशोर सिंह ९२००, अवधकिशोर कुशवाहा ९२३० र विजय प्रसाद कुर्मी ९२४० को उपस्थिति थियो।

उनीहरूले यस सम्झौताले आर्थिक रूपमा कमजोर वर्गका लागि गुणस्तरीय उपचारमा सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा अस्पतालकी निर्देशक डा। ईसरत जहान अन्सारीले बाँकी रहेका वडासँग पनि चाँडै सम्झौता गर्ने तयारी भइरहेको जानकारी दिँदै भनिन्, “अब शहरदेखि गाउँसम्म सबै जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउनेछन्।”

समारोहमा अस्पतालका मार्केटिङ तथा एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, सञ्चारकर्मी र अन्य सरोकारवाला व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ असार १०,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ असार १०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद