Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुदरमाई नगरपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम, शिक्षा–स्वास्थ्यमा सबैभन्दा ठूलो लगानी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १०,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — बहुदरमाई नगरपालिकाले आज एक समारोहका बीच आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। ’बहुदरमाईबासीको रहरः स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध नगर’ भन्ने नाराका साथ प्रस्तुत गरिएको यस नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका लागि कुल ४९ करोड ५२ लाख ४६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरिएको छ।

नगरपालिकाको बहुअरीस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर उप–प्रमुख सुस्मा कुमारी कुशवाहाले विस्तृत रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरिन्।

बजेटका मुख्य स्रोतहरू
प्रस्तावित कुल बजेटका लागि विभिन्न स्रोतहरूबाट आय संकलन हुने अनुमान गरिएको छ। यसमा संघीय सरकारबाट समानिकरण, सर्तगत, विशेष र समपूरक अनुदान तथा राजस्व बाँडफाँडबाट उल्लेख्य रकम प्राप्त हुनेछ। त्यसैगरी, मधेश प्रदेश सरकारबाट पनि समानिकरण, सर्तगत, विशेष र समपूरक अनुदानका साथै राजस्व बाँडफाँड मार्फत बजेट जुटाइनेछ।

आन्तरिक श्रोत अन्तर्गत मालपोत रोयल्टी, बैंक मौज्दात लगायतबाट पनि नगरपालिकाले आय संकलन गर्ने लक्ष्य लिएको छ। यसका अतिरिक्त, जिल्ला समन्वय समिति, एलजीसीसिडिपी कार्यक्रम र सडकबोर्ड नेपाल कार्यक्रमबाट समेत बजेट प्राप्त हुने अनुमान गरिएको छ।

बजेट विनियोजनका प्रमुख क्षेत्रहरू
संकलित यस बजेटलाई नगरपालिकाले मुख्य पाँच विषयगत क्षेत्रहरूमा विनियोजन गर्नेछः
आर्थिक विकासः कृषि, सिँचाइ, पर्यटन, उद्योग व्यवसाय र सहकारी लगायतका क्षेत्रका लागि ३ करोड २५ लाख ७५ हजार १०० रुपैयाँ छुट्याइएको छ।
मानव विकास र सामाजिक न्यायः शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, संस्कृति प्रवर्धन, महिला तथा बालबालिका, अपांग र ज्येष्ठ नागरिकका लागि २१ करोड २५ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन यो वर्षको सबैभन्दा ठूलो विनियोजन हो।
पूर्वाधार विकासः सडक, पुल, भवन, ऊर्जा, सञ्चार, जलविद्युत र अन्य भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि १४ करोड ८४ लाख ११ हजार १०० रुपैयाँ विनियोजन गरिएको छ।
वन, वातावरण तथा विपद व्यवस्थापनः वातावरणीय सन्तुलन र विपद प्रतिकार्यमा सहयोग पु¥याउने उद्देश्यले वन तथा भू जलाधार संरक्षण, जलवायु परिवर्तनका कार्यक्रम, जल उत्पन्न प्रकोप नियन्त्रण र फोहरमैला व्यवस्थापन जस्ता विषयहरू समेट्दै ६५ लाख रुपैयाँ छुट्याइएको छ।

सुशासन तथा संस्थागत विकासः नगरपालिकाको आन्तरिक क्षमता अभिवृद्धि र सेवा प्रवाहमा पारदर्शिता बढाउन संगठन, मानव संसाधन, संस्थागत विकास र वित्तीय व्यवस्थापनमा सुधार ल्याउने अपेक्षासहित ९ करोड ५१ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ।

कार्यक्रममा नगर प्रमुख सिंगासन सा तेली लगायत सम्पूर्ण नगरसभा सदस्यहरू, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ असार १०,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ असार १०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद