Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई खाद्य सुरक्षा र सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ६,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

संक्रामक तथा महामारीजन्य रोग, खानेपानी तथा खाद्य गुणस्तर निगरानी कार्यलाई थप सशक्त बनाउन वीरगञ्ज महानगरपालिकाले होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।


२०८२ असार ६ गते मकालु होटलमा आयोजित कार्यक्रममा खाद्य सुरक्षा, सरसफाइ र स्वास्थ्यप्रद सेवाका विषयमा जागरूकता दिने उद्देश्य राखिएको थियो। कार्यक्रममा खानेपानी, सरसफाइ तथा सरोकार क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित व्यवसायीहरूलाई सरोकारवाला निकायहरूबाट आवश्यक जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम वीरगञ्ज महानगरपालिका, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले महानगर अनुगमनकारी निकाय पनि भएकोले अनुगमन गर्नु अधि सबै होटल तथा रेस्टुरेन्ट ब्यबसायिहरुले खाद्य सुरक्षा र सरसफाइ सम्बन्धि सम्पुर्ण जानकारी प्राप्त गरून् भन्ने उदेश्यले यो कार्यक्रम संचालन गरेकोले अब महानगर अनुगमनमा आउँदा सम्पुर्णरूपमा चुस्त दुरुस्त हुन निर्देशन दिएका थिए । उनले सिकेका कुरालाई ब्यबहारमा उतार्न पनि अनुरोध गरे ।

अभिमुखिकरण कार्यक्रमका सभापतित्व गरेका होटल तथा पर्यटन व्यावसायि संघ पर्साका अध्यक्ष हरि पन्तले अभिमुखिकरण होटल ब्यबसायिहरुको लागि उपलब्धि मुलक रहेकोले यसबाट ब्यबसायिहरुले धेरै कुराहरु सिक्ने मौका पाएको बताए । अध्यक्ष पन्तले अनुगमनकारी निकायहरुले अनुगमन गर्दा कतिपय कुराहरु ब्यबहारिक रूपमा समेत आत्मसात गर्नु पर्ने बताए । कार्यक्रम हान मधेस प्रदेशका बरिस्ठ उपाध्यक्ष मोहन प्रधानले सन्चालन गरेका थिए ।

अभिमुखीकरणको क्रममा संक्रमण नियन्त्रण, होटलमा स्वच्छता मापदण्डको प्रयोग, तथा खाद्य गुणस्तर परीक्षणको महत्व बारेमा प्राविधिक विज्ञहरूद्वारा जानकारी दिइएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार ६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद