Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ट्रायल परीक्षामा जबरजस्ती फेल गराएको आरोप, सेवाग्राहीको गुनासो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ५,बिहीबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

यातायात व्यवस्था कार्यालय कलैयाका एक कर्मचारीले जबरजस्ती ट्रायल परीक्षामा फेल गराएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्।

बारा, कलैया–९ रामपुर निवासी २९ वर्षीय अनिल साह कानुले असार ३ गते ट्रायल परीक्षा दिँदा एक अज्ञात कर्मचारीले जानबुझेर फेल गराएको आरोप लगाएका हुन्। उनका अनुसार, गंगापुर, कलैयास्थित ट्रायल सेन्टरमा उनले सम्पूर्ण आवश्यक परीक्षा प्रक्रिया पूरा गरे तापनि अन्त्यमा “पछाडि गर भाइ” भन्दै जबरजस्ती फेल गराउँदै सेन्टरबाट बाहिर निकालिएको थियो।

अनिल साहले सीसीटीभी फुटेजको आधारमा छानबिन गर्न माग गर्दै चालक अनुमति पत्रको आवेदनसँग सम्बन्धित कागजातसहित कार्यालयमा औपचारिक निवेदन दर्ता गराएका छन्। पहिले नै समूह ‘ए’ को लाइसेन्स भएका कानुले समूह ‘बी’ थप गर्न केही दिन अघि आवेदन दिएका थिए।

८ वर्षदेखि आफ्नै घरको सुमो गाडी चलाउँदै आएका अनुभवी चालक कानुले निष्पक्षता नपाएको भन्दै अन्याय भएको महसुस गरेका छन्।

यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अविन्दर दासले भने, “निवेदन आएको छ, आवश्यक छानबिन गरी निष्कर्ष निकालिनेछ। पास भए पास र फेल भए फेल, तर निर्णय सीसीटीभी फुटेजको आधारमा नै गरिनेछ।” साभार घण्टाघर टिभी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार ५,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद