Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषदमा तानिए

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ५,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन्। न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा उजुरी परेको थियो।

रौतहटको इट्टाभट्टा काण्डमा दोषी ठहर गर्दै जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। तर, गत जेठ १४ गते उच्च अदालतका थारु र महर्जनको इजलासले आलमलाई सफाइ दिएको निर्णय देशभर चर्चाको विषय बनेको थियो।

यसपछि मृतक पिन्टु त्रिलोक सिंहका पिता श्रीनारायण सिंह लगायतका पीडितले न्याय परिषदमा उजुरी दिएका थिए। न्याय परिषदको बिहीबार बसेको बैठकले एक सदस्यीय छानबिन समिति गठन गर्दै थारु र महर्जनलाई कार्यक्षेत्रबाट तानेको हो।

यसअघि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पनि दुवै न्यायाधीशलाई सुरक्षा कारण देखाउँदै परिषदमा तान्नुपर्ने प्रस्ताव राखेकी थिइन्, जुन तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानूनमन्त्री अजय चौरसियाले अस्वीकार गरेका थिए।

न्यायाधीशद्वयमाथि नेकपा निकट कार्यकर्ताले इजलासमै कालोमोसो दलेर दुव्र्यवहार गरेको घटनाले पनि थप विवाद चुलिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार ५,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद