Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बागमती गाउँपालिकामा आर्थिक अनियमिततास् महालेखाको प्रतिवेदनमा ८० लाखभन्दा बढी खर्चमा प्रश्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ३,मंगलवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर — बागमती गाउँपालिकाले कर्मचारीको मिलेमतोमा ठेकेदारलाई नियमविपरीत २७ लाख रुपैयाँ पेश्की रकम उपलब्ध गराएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, गुरुकुल निर्माण सेवा नामक कम्पनीलाई बेलिब्रिज निर्माणका लागि दिइएको उक्त पेश्की काम नगरी ठेकेदार बेपत्ता भएपछि अनियमितता पुष्टि भएको हो।

प्रमुख अनियमितता बुँदागत रूपमास्
ठेकेदारलाई २७ लाख पेश्की, काम नगरी बेपत्ता

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण, एक लाख ११ हजारभन्दा बढी खर्च

सरकारी भवन निर्माणमा उपभोक्ता समितिबाट २१ लाख ३ हजार ३१७ रुपैयाँको अनियमितता

सभा, बैठक र अतिथि सत्कारमा एक वर्षमै १८ लाख १६ हजार खर्च — पालिकाको कुल आन्तरिक आम्दानीको १२।३६५

स्वीकृत दरबन्दीबाहिर १० जनालाई करारमा नियुक्त, ३५ लाख ८३ हजार ५५४ रुपैयाँ भुक्तानी

बरिष्ठ लेखा अधिकृत झमक नारायण घलानका अनुसार, मृतकको लगत अद्यावधिक गर्न ढिलाइ हुँदा सामाजिक सुरक्षा भत्तामा अनियमितता देखिएको हो। महालेखाले बढी खर्च भएको रकम सम्बन्धितबाट असुल गर्न निर्देशन दिएको छ।

गाउँपालिकाले स्वीकृत दरबन्दीबाहिर कृषि प्राविधिक, अमिन र सह–इन्जिनियर पदमा अनियमित तबरमा १० जनालाई करारमा नियुक्त गरी ठूलो मात्रामा खर्च गरेको विषयमा पनि प्रश्न उठाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार ३,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार ३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद