Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा पानीमाथि राजनीति! वडा अध्यक्ष हिराकाजी महर्जनमाथि गम्भीर आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १,आईतवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — गर्मीका कारण खानेपानीको चरम अभाव भइरहेको बेला वीरगन्ज महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जनमाथि पानीलाई व्यक्तिगत र राजनीतिक स्वार्थका लागि दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।

वडावासीहरू आक्रोशित हुँदै भन्छन्, “जनताले पानी नपाएर हैरान भइरहँदा अध्यक्षले आफ्ना निकटस्थलाई मात्र पाइप जोडेर सुविधा दिएका छन्।”

वडामा विगतमा सर्वसाधारणको सुविधाका लागि जडान गरिएका बोरिङ अहिले अध्यक्ष महर्जनले आफ्नो दल, कार्यकर्ता र आसेपासेहरूको घरमा मात्र जोडिदिएको आरोप छ। २०८४ को निर्वाचन लक्षित गर्दै राजनीतिक प्रभाव जमाउने उद्देश्यले यस्तो कदम चालेको जनआक्रोश चुलिएको छ।

नाम नखुलाउने शर्तमा एक स्थानीयले भने, “वडाध्यक्षको यस्तो असमान व्यवहार जनविरोधी छ, सामान्य जनता पानीका लागि दिनभर कष्ट भोगिरहेका छन्।”

अवैधानिक जडानबारे वडा अध्यक्ष हिराकाजी महर्जनलाई प्रतिक्रिया लिन खोज्दा पटकपटक सम्पर्क गर्दा पनि फोन नउठेको कारण उनको धारणा लिन सकिएको छैन।

स्थानीयहरूमा वडाध्यक्षप्रति ठूलो असन्तुष्टि र आक्रोश देखिएको छ। यो घटनाले वडामा जनविश्वास गुम्ने खतरा बढाएको भन्दै सर्वसाधारणले तत्काल निष्पक्ष छानबिनको माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार १,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार १,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद