Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरगन्ज हेल्थ केयर अब डिजिटलमा, स्वास्थ्य सेवा मोबाइलमै

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १,आईतवार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

बिरगन्ज, असार १ — “तपाईंको स्वास्थ्य अब तपाईंको मोबाइल खल्तीमा” भन्ने नाराका साथ बिरगन्ज हेल्थ केयरले आफ्नो सेवा पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ।

८ वर्षदेखि सरकारी दररेटमै गरिब तथा सर्वसाधारणलाई गुणस्तरीय सेवा दिँदै आएको यो अस्पताल अब सम्पूर्ण सेवा डिजिटल माध्यममार्फत उपलब्ध गराउने पहिलो स्थानीय स्वास्थ्य संस्था बनेको छ।

स्वास्थ्य मन्त्रालयले हालै लागू गरेको एकीकृत विद्युतिय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ अनुसार अस्पतालले कागज रहित (paperless) सेवा सुरुवात गर्दै मोबाइल एप, वेब पोर्टल तथा टेलीमेडिसिनमार्फत सेवा दिन थालेको हो।

यस प्रणालीअन्तर्गत बिरामीका स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण डिजिटल रूपमा सुरक्षित रहनेछ भने परामर्श, रिपोर्ट, फोलोअप र औषधिको जानकारी समेत मोबाइलमै प्राप्त गर्न सकिनेछ।

अस्पताल प्रशासनका अनुसार, डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्दा समय, श्रम र खर्चको बचत हुनेछ भने अस्पतालको दररेटमा पनि ५–१० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

स्थानीय समुदायका लागि सजिलो, सहज र सुलभ स्वास्थ्य सेवा दिने लक्ष्यका साथ अगाडि बढिरहेको बिरगन्ज हेल्थ केयरको यो प्रयास प्रविधिमैत्री सेवा विकासतर्फको सराहनीय पहल मानिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ असार १,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार १,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद