Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विवाह स्थलको रूपमा निकै लोकप्रिय बन्दै गढीमाई मन्दिर

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २९,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

तस्बिर :गोरखापत्रअनलाइन
बारा,पछिल्लो समय बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिर विवाह स्थलका रूपमा पहिलो छनोटमा पर्न थालेको छ ।गढीमाई मन्दिरमा कम समय र कम खर्चमा विवाह सम्पन्न गर्न सकिने भएकाले पनि नेपाललगायत भारतका कतिपय जोडीले यहीँ आएर विवाह गर्न थालेका छन् ।

मधेस प्रदेशका बारा, पर्सा, रौतहटलगायतका भारतका बिहार राज्यका रक्सौल, आदापुर, छौडादानो, मोतीहारी, बनकटवा, घोडासाहनलगायतका ठाउँबाट बेहुला र बेहुली विहेका लागि आउने गरेको मन्दिरका पुजारी मंगल चौधरीले बताए।

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले मन्दिरमा विवाह गर्दा कम खर्च र समयमा सम्पन्न हुने भएकाले पनि स्थानीयको पहिलो छनोटमा मन्दिर परिसर पर्न थालेको बताए ।उनले भने, “यहाँ सबै वर्ग र जातिका मानिस आउन थालेका छन् ।” मूल पुजारी मंगल चौधरीले मन्दिरमा दैनिक चार÷पाँच वटा बिहे हुने गरेको बताए ।

यहाँ आएर विवाह गर्दा बेहुला पक्षबाट पाँच सय र बेहुली पक्षबाट तीन सय रुपियाँ आर्थिक सहयोगका रूपमा उठाउने गरेको गढीमाई विकास समितिले जनाएको छ । समितिका सदस्य हरेन्द्र साहले भने, “त्यति शुल्क तिरेपछि धर्मशाला, बिजुली, पानी र सुरक्षालगायतका सेवा उपलब्ध हुन्छन् ।”

त्यस्तै बिहे गराउने पुरोहितले भने एउटा बिहेका लागि एक हजारदेखि तीन हजार रुपियाँसम्म लिने गरेको शम्भु शुक्लाले बताए । साभारः गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ २९,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ २९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद