Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“घण्टाघरमा बत्ती छैन, दोष मेरो किन?” – मेयर सिंहको ट्राफिकलाई झटारो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
A A
4
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज

सडकमा ‘अनुशासन सप्ताह’ चलिरहेको बेला, वीरगन्जको मुटु घण्टाघरमा ट्राफिक बत्ती नचलेको देखेर नगर प्रमुखको ‘धैर्यको बत्ती’ निभियो।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह खुलेर बोले– “महिनौं भयो, बत्ती जोडियो, तर चलेन !” ट्राफिक जनचेतनामूलक सप्ताह २०८२ को समापन कार्यक्रममा बोल्दै उनले ट्राफिक प्रहरीलाई लक्षित गर्दै गुनासो मात्र होइन, तीव्र आक्रोश पनि पोखे।

“बत्ती महानगरले जोड्‍यो, बदनामी मैले खाइरहेछु,” मेयर सिंहको पीडा थियो। “घण्टाघरको ट्राफिक लाइट चल्दैन भनेर जनताले सामाजिक सञ्जालमा मलाई नै व्यंग्य गर्छन्। त्यो व्यंग्य उचित हो।”

ट्राफिक प्रहरीलाई काम गर्न सुझाब र चेतावनी

ट्राफिक लाइट संचालन नगर्ने प्रहरी प्रशासनलाई चेतावनी दिँदै, उनले भने, “यदि जनशक्ति छैन भने, नगर प्रहरी पठाइदिन्छु, तर ट्राफिक लाइट अब चल्नैपर्छ।”

सिंहको तर्क छ– ट्राफिक बत्तीले नियम तोड्नेहरूमाथि निगरानी गर्न सजिलो हुन्छ, र सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्छ।

लाइट त अँध्यारोमै छ, कार्यक्रममा ‘रोशनी’ थियो

सप्ताह कार्यक्रमको समापन समारोह पर्साका एसपी गौतम मिश्रको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ अध्यक्ष हरि गौतमलगायतको उल्लेखनीय उपस्थिति थियो।

‘सडकमा अनुशासन’ भनेको केवल पम्पलेट टाँस्नु मात्र होइन

ट्राफिक सप्ताहले चेतना फैलाउँछ, तर संरचना नै निष्क्रिय भयो भने चेतना कहाँ टिक्छ? यस्तो संकेत मेयरको भनाइले दिएको छ। वीरगन्जको मुटुमा ट्राफिक लाइट अझै अँध्यारोमा हुँदा जनताको चित्त बुझ्ने ठाउँ छैन।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

लोकतन्त्रको संरक्षणका लागि कुनै बलिदानबाट पछि हट्दिनँ : रुङटा
राजनिती

लोकतन्त्रको संरक्षणका लागि कुनै बलिदानबाट पछि हट्दिनँ : रुङटा

प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह
मुख्य समाचार

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह

प्रकाशित : २०८२ जेष्ठ २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद