Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ऐतिहासिक गण्डकी शतकुण्डीय कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा दियो ठुलो टेवा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, पोखरा — पोखरा महानगरपालिका–१७ विरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गामा आयोजना गरिएको ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको धार्मिक तथा पर्यटकीय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

गत वैशाख १६ गतेदेखि मानव सेवा फाउण्डेसन नेपालद्वारा सञ्चालन गरिएको कोटिहोममा नेपालभित्र मात्र होइन, भारतबाट समेत आएका हजारौं भक्तजनले पोखरास्थित विभिन्न धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकन गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा करिब १० प्रतिशतले वृद्धि भएको हो।

छोरेपाटनस्थित गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाका अनुसार सोही अवधिमा गुफा हेर्न आउने पर्यटकको सङ्ख्या ९३ हजार ७१६ बाट एक लाख एक हजार १४४ पुगेको छ। कोटिहोममा सहभागी भक्तजनले गुफा, महादेव मन्दिर, पातले छाँगो, फेवाताल, विन्ध्यवासिनी, पुम्दीकोट लगायत स्थलहरूको अवलोकन गरेका छन्।

मन्दिर परिसरमा १०० कुण्ड निर्माण गरी ३०० आचार्य–ब्राह्मणसहित हवन सञ्चालन गरिएको कोटिहोममा लाखौँ भक्तजन सहभागी भएका थिए भने १० करोडभन्दा बढी रकम संकलन भएको सहइञ्चार्ज युवक लामिछानेले जानकारी दिए।

मानव सेवा फाउण्डेशनका अध्यक्ष एवं कोटिहोम महायज्ञ संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजले कोटिहोमले पोखरालाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्‍याएको बताए।

कोटिहोमको माध्यमबाट पौराणिक मन्दिर तथा धार्मिकस्थलहरूको उजागर भएको भन्दै मन्दिर व्यवस्थापन समितिले भागवत् मञ्जली राधिका दासी र महाराजलाई विशेष सम्मान गरेको छ।

विरौटास्थित मन्दिरको गुठी जग्गामा शतकुण्डीय कोटिहोम सम्पन्न हुनु, तीन जना पण्डितद्वारा संगीतसहित महाआरती सम्पन्न हुनु र राजगुठीसहितको १८६४ सालको लालमोहर अझै सुरक्षित रहनु, यस धार्मिक क्षेत्रको ऐतिहासिक र सांस्कृतिक गहिराइको प्रतीक बनेको छ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय समन्वयमार्फत कोटिहोमले पोखराको समग्र पर्यटन प्रवर्द्धनमा ऐतिहासिक योगदान पुर्‍याएको पर्यटन व्यवसायीहरूको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद