Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा भारतीय कार दुर्घटना, एकको मृत्यु, तीन गम्भीर घाइते

डिभाइडरमा ठोक्किएर कार दुर्घटना, मृतकको पहिचान बिटु सर्राफका रूपमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
A A
16
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

पर्सा | पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित पिपरास्थित रेनुका पेट्रोल पम्प नजिक आईतबार दिउँसो करिब ३:१० बजे भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार गण्डकबाट बसपार्कतर्फ गइरहेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

एकको घटनास्थलमै मृत्यु, तीन घाइतेको बारामा उपचार

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवा भट्टका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई तत्काल बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो। अस्पतालमा लगिएको केहीबेरमै करिब ३० वर्षीय बिटु सर्राफलाई चिकित्सकहरूले दिउँसो ३:५० बजे मृत घोषणा गरेका थिए। उनको टाउको, मुख र कानमा गम्भीर चोट लागेको जनाइएको छ।

घाइतेहरूको अवस्था गम्भीर

अन्य घाइतेहरूमा कार चालक गणेश सर्राफ (उमेर करिब ४०), बेतिया नरकटियागञ्ज निवासी रहेका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।
त्यस्तै, २० वर्षीय रतन सर्राफको बायाँ हात र शरीरमा मध्यम चोट लागेको बताइएको छ।
२१ वर्षीय बिटु सर्राफ (रामबाबु सर्राफका छोरा) को दायाँ खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले कार नियन्त्रणमा लिँदै, अनुसन्धान जारी

घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने दुर्घटनामा संलग्न कारलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ। दुर्घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद