Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

झूटो विवरणमा नेपाली नागरिकता लिएका राजीव अग्रवाल पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, पर्सा – झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको अभियोगमा भारतका व्यापारी राजीव अग्रवाल पक्राउ परेका छन्। उनीमाथि २०६३ सालको नागरिकता टोलीमार्फत जन्मको आधारमा मापदण्डविपरीत नेपाली नागरिकता प्राप्त गरेको आरोप लागेको छ।


भारतको सुरतमा बसोबास गर्दै आएका अग्रवाल नेपालमा जागीर तथा व्यापारको सिलसिलामा प्रवेश गरेका थिए। वीरगंज महानगरपालिका वडा नं. ६ को दुई नम्बर रोडमा पसल सञ्चालन गर्दै आएका अग्रवाल पछिल्लो केही वर्षदेखि भारतमै स्थायी रूपमा बसेका थिए।

प्राप्त जानकारी अनुसार, उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी परेको थियो, जसलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी आसमान तामाङले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका थिए।

अग्रवालको पक्राउ वीरगंज महानगरपालिका वडा नं. १० स्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडि निर्माण गरिएको घरबाट भएको बताइएको छ। उजूरी परेको तीन दिनपछि जिल्ला प्रशासन कार्यालयमा आफैं गएर नागरिकता सम्बन्धी जानकारी लिन पुगेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल अग्रवाल जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा रहेका छन्। यद्यपि, पर्सा प्रहरीले उनलाई सार्वजनिक गर्ने वा आधिकारिक जानकारी दिने काम अझैसम्म गरेको छैन।

धेरै भारतीय नागरिकले मापदण्डविपरीत नेपाली नागरिकता लिएको आशंका

पर्सा जिल्लामा २०६३ सालको नागरिकता टोलीमार्फत थुप्रै भारतीय नागरिकले झूटो विवरणमा नेपाली नागरिकता लिएको उजूरीहरू परेको तथ्य उजागर भएको छ। तर, तीमध्ये अधिकांश उजूरीहरू हालसम्म कारबाहीविहीन अवस्थामा रहेको बताइन्छ।

प्रवीण बंका, जगदीश अग्रवाल, र राकेश अग्रवाल लगायत विरुद्ध पनि दुई देशको नागरिकता भएको ठोस प्रमाण जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा पुगेको भए पनि हालसम्म कुनै कारबाही सार्वजनिक भएको छैन। साभार – सहारा दैनिक

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ जेष्ठ २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद