Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटलद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १६,शुक्रबार
A A
7
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ मा अवस्थित एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटल प्रा।लि।द्वारा शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। पछिल्लो समय वीरगंज क्षेत्रमा अत्यधिक गर्मीका कारण रक्त अभाव देखिएको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि परवानीपुर गाउँपालिकाका अध्यक्ष (मेयर) राम क्षेत्री रहेका थिए भने अध्यक्षता हस्पिटलका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीले गरेका थिए।

विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृज किशोर पटेल, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, हस्पिटलका प्रशासन प्रमुख विनोद पटेल, गण्डक प्रहरी बाराका इन्स्पेक्टर टुपेन्द्र श्रेष्ठ लगायत विभिन्न सामाजिक तथा प्रशासनिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रममा २२ जना महिला सहित कुल ५२ जनाले रक्तदान गरेका छन्। रक्तदाता व्यक्तिहरूमध्ये सुमिन्त्रा कुमारी, गोविन्द साह, विक्रम चौधरी, डा। अनुज पटेल, सुनिल कुमार, दीपक साह, सगम साह, अनुषा, करुणा कार्की, डा। अब्तुश कास, डा। ओम गुप्ता, ऐशा सुनार, सन्दीप कुमारलगायत सामाजिक रूपले सक्रिय व्यक्तिहरू सहभागी थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र वीरगंजका प्राविधिक मनिष गुप्ता र समीर आलमसहितको टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

हस्पिटलका अनुसार यस रक्तदान कार्यक्रमले वीरगंज क्षेत्रमा देखिएको रक्त अभावलाई केही हदसम्म राहत दिने विश्वास लिइएको छ। संस्थाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवामूलक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ १६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद