Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरगंज घन्टाघर क्षेत्रमा ट्राफिकको सक्रियतास् नियम पालना गर्न प्रोत्साहन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १६,शुक्रबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज ।
सवारी सुरक्षालाई प्राथमिकता दिँदै बिरगंजको मुटु मानिने घन्टाघर क्षेत्रमा ट्राफिक प्रहरीले निगरानी बढाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनहितमा सञ्चालन गरिरहेको ट्राफिक सचेतना र चेकिङ अभियान अन्तर्गत उक्त क्षेत्रमा सक्रियता देखाइएको हो।

जिल्ला ट्राफिक प्रमुख लोक राज भट्टको समन्वयमा चेकिङ टोलीले नियम उल्लङ्घनमा संलग्न केही सवारी चालकहरूमाथि कारबाही गरेको जनाइएको छ। ट्राफिक प्रहरीका अनुसार कुल २० जना सवारी चालकहरूमाथि कारबाही गरिएको छ, जसमा ५ जनालाई अनलाइन मार्फत जरिवाना तिराइएको छ भने १५ जनालाई चिट काटिएको छ।

अभियानमा खटिएका असई देवश श्रेष्ठको नेतृत्वमा रहेको टोलीले मुख्यतः हेलमेट प्रयोग नगर्ने, सवारी अनुमतिपत्र नबोक्ने, र ट्राफिक नियम पालना नगर्ने व्यवहारमाथि ध्यान दिएको थियो।

ट्राफिक प्रमुख भट्टले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै नागरिकमा नियमपालनको भावना जगाउने उद्देश्य रहेको बताएका छन्। “सवारी सुरक्षामा हामी कुनै सम्झौता गर्दैनौं,” उनले भने, “नियम पालना गर्दा मात्र सुरक्षित यात्रा सुनिश्चित हुन्छ।”

ट्राफिक प्रहरीको यो पहलले बिरगंजबासीलाई ट्राफिक नियमबारे थप सजग बनाउने विश्वास गरिएको छ। आगामी दिनहरूमा समेत यस्ता सचेतनामूलक चेकिङलाई निरन्तरता दिइने ट्राफिक विभागले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?
मुख्य समाचार

तीन महिनादेखि सडक जलमग्न, नागरिकको स्वास्थ्य जोखिममा – परवानीपुर गाउँपालिकाको मौनता कहिलेसम्म ?

प्रकाशित : २०८२ जेष्ठ १६,शुक्रबार
विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८२ जेष्ठ १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद