Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छैसठ्ठी मोडमा सवारी दुर्घटना : ब्रेक फेल भएर गाडी सडकबाट २० मिटर तल खस्यो, १४ जना घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
A A
file photo

file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर, २०८२ जेठ ६ —
मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथ अन्तर्गत छैसठ्ठी मोडमा सोमबार दिउँसो करिब १:०५ बजे एक विङ्गर गाडी दुर्घटनामा परेको छ।

चित्लाङबाट बाराको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको उक्त गाडी सडकबाट करिब २० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको हो।

दुर्घटना सम्बन्धी जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भैसे, सिमभन्ज्याङ तथा अन्य निकायबाट खटिएको टोलीले तत्कालै उद्दार कार्य सुरु गरेको थियो। घाइतेहरुलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।

गाडीमा चालकसहित १४ जना सवार रहेका थिए, जस मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीको भनाइ छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, र भिमफेदीबाट प्रहरी निरीक्षकको कमान्डमा २५ जना प्रहरी परिचालन गरिएको थियो।

घाइतेहरूको अवस्थाबारे थप जानकारी संकलन भैरहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद