Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेस प्रदेशमै पर्सा जिल्ला पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । मधेस प्रदेशमै पर्सा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा गरिएको छ । शनिबार वीरगन्जमा जिल्ला खोप समन्वय समिति पर्साले आयोजना गरेको कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले पर्सा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा गरेका हुन् । मधेस प्रदेशका ८ जिल्लामध्ये पर्सा जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा हुने पहिलो जिल्ला समेत बनेको छ ।

जिल्लाका १४ वटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले पर्सा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

प्रत्येक पालिकामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पु¥याई उनीहरुले सबै खालका खोप पाएपछि जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा गरिएको ठाकुरले बताए ।

ठाकुरका अनुसार, पर्सा जिल्लाका १४ पालिकाका सबै १ सय १२ वटा वडामा गरिएको अनुगमनका क्रममा भेटिएका आंशिक रुपमा खोप पाएका ९खोप लगाउन बीचमै छुटेका ० १ हजार ५१८ बालबालिका र खोप नै नपाएका ९शुन्य डोजका० ७ जना बालबालिकालाई खोपको पहुँचमा ल्याएर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न सफल भएको ठाकुरले बताए ।

यसअघि २०८१ जेठ ३ गते पर्सा जिल्लालाई ‘पूर्ण खोपयुक्त जिल्ला’ घोषणा गरिएको थियो । ठाकुरका अनुसार, पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएपछि हरेक वर्ष नेपाल सरकारको राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाले लगाए÷नलगाएको भनेर १६ देखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्थाको पहिचान गर्ने गरिन्छ । छुटेको भेटिएका बालबालिकालाई खोपको सबै मात्रा९डोज० लगाएर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्लाका रुपमा घोषणा गर्ने गरिन्छ ।

कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रममा उत्कृष्ट काम गरेका जिल्लाका १४ वटै पालिकाका वडाहरुमा रहेका उत्कृष्ट भएका एक एक स्वास्थ्य संस्थाहरुलाई कदरपत्रसहित सम्मानितपनि गरिएको थियो ।

जिल्ला खोप समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफको अध्यक्षता तथा प्रदेशका स्वास्थ्यमन्त्री सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव राकेश मिश्रा,स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख प्रमोद झा, पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहान,ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ,पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,प्रहरी नायब उपरीक्षक किशोर लम्साल जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकारी विनय श्रीवास्तव, जिल्ला खोप समन्वय समिति पर्साका खोपदूतहरु प्रकाश थारु, नीला राम, ग्यासुदिन ठकुराई , १४ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख लगायतकाको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ ३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद