वीरगन्ज ०३ बैशाख
दलित महिला संघद्वारा आयोजित प्रदेश स्तरीय महिला संजाल संगको २ दिने छलफल कार्यक्रमको उदघाटन सत्र सम्पन्न भएको छ।
पर्साको वीरगन्ज स्थित होटेल वीरगन्ज गेटवेमा आयोजित २ दिने छलफल कार्यक्रममा मधेश प्रदेशको ८ वटै ८ जना दलित महिला कार्यपालिका सदस्य, समान्य दलित महिला २७ जना गरी ३५ जनाको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी जिल्लाबाट २(२ जना दलित महिला उपस्थित भएका हुन्।
कार्यक्रममा सहभागी महिलाहरुलाई भोला पासवानले प्रशिक्षण दिएका थिए। छलफल कार्यक्रम भने ४ गते बिहिबार समापन हुने दलित महिला संघ पर्साकी संस्थापक तथा अध्यक्ष निला कुमारी रामले जानकारी दिइन्।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश सान्सद बिना शर्माको उपस्थिति रहेको थियो जसको अध्यक्षता दलित महिला संघ पर्साकी कोशाध्यक्ष संगीता दासले गरेकी थिइन्। कार्यक्रममा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजिक अगुवा, संचारकर्मी लगायतकाहरुको सहभागिता रहेको थियो।



