Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा भाइचारा र धार्मिक सदभाव कायम राखौं – पर्साका राजनीतिक दलहरुको संयुक्त अपिल

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ बैशाख ३,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०३ बैशाख – पर्सामा सकृय राजनीतिक दलहरुले वीरगन्जमा सामाजिक सदभाव र शान्तिका लागि अपिल गरेको छ । वीरगन्जमा बुधबार दिउँसो बसेको सर्वदलीय बैठकपछि एक विज्ञप्ति जारी गर्दै दलहरुले वीरगन्जमा हनुमान जन्मोत्सवको शोभा यात्रामा भएको घटना यता केहिदिनदेखि सामुदायिक विवाद,आपसी द्वन्द्ध र मनमुटावप्रति सबै राजनीतिक दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विवाद र द्वन्द सुरु भएकै दिनदेखि विभिन्न चरणमा विभिन्न समुदाय र स्थानीय प्रहरी प्रशासनसंग राजनीतिक दलहरु निरन्तर संवाद र छलफलमा रहेको सर्वदलीय बैठकले जनाएको छ ।अतः समुदायमा सदियौंदेखिको भाइचारा, सामाजिक र धार्मिक सदभावसंग मिलेर बसेको हिसाबले अब उप्रान्त यसलाई खण्डित गर्ने खालका अभिव्यक्ति वा टिप्पणी कुनैपक्षबाट व्यक्त नगर्न सर्वदलीय बैठकले अनुरोधपनि गरेको छ ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी,नेकपा एमाले पर्साका अध्यक्ष डा। विश्वम्भर शर्मा, रास्वपा पर्साका सभापति हरि पन्त, जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा,जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ,राप्रपाका पन्नालाल पटेल र जसपाका तबरेज अहमदको उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ बैशाख ३,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ बैशाख ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद