Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्याब्सन लेगेसी अवार्ड–२०८१ बाट गौतम स्कुलकी संस्थापक लामा सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र ३०,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० पर्साले बीरगञ्जस्थित गौतम स्कूलकी संस्थापक उर्मिला लामालाई ‘प्याप्सन लेगेसी अवार्ड–२०८१’ बाट सम्मानित गरेको छ ।

वीरगञ्जको शिक्षा क्षेत्रमा लामाले पुर्‍याएको अतुलनीय योगदान र प्याप्सनको संस्थापकको रूपमा खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै उनलाई लिगेसी अवार्डबाट सम्मानित गरिएको हो ।

८६ वर्षीया लामाले २०३३ सालमा केवल चार जना विद्यार्थीबाट गौतम स्कूल स्थापना गरी आफ्नो शैक्षिक यात्रा सुरु गरेकी थिइन् । आज गौतम स्कूल हजारौँ विद्यार्थीलाई अध्यापन गराउने मधेस प्रदेशकै एक अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ । उनको योगदानले वीरगञ्जको शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले बताए । “उर्मिला लामाजस्ता अग्रज व्यक्तित्वले बीरगञ्जमा निजी स्कूल स्थापनाको आधारशिला खडा गर्नुभयो । उहाँको सम्मान हाम्रो कर्तव्य हो,” चौधरीले भने ।

अध्यक्ष चौधरीले प्याब्सन लेगेसी अवार्ड आफ्नो कार्यकालमा स्थापना गरेको बताउँदै आगामी वर्षहरूमा पनि शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानित गरिने प्रतिबद्धता व्यक्त गरे ।

सम्मान समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, मधेस विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक शाक्य, मधेस नीति आयोगका सदस्य डा। हरिशंकर शाह, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वरिष्ठ समाजसेवी प्रकाश उपाध्याय र गौतम स्कूलका संस्थापक निर्देशक निमा लामालगायतले उर्मिलालाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा प्याब्सन पर्साले नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदानसँगै अन्य सम्मानहरू पनि वितरण गरेको थियो । हालै प्रधानमन्त्री केपी शर्मा ओलीबाट ूप्याब्सन रत्नू बाट सम्मानित गौतम स्कूलका संस्थापक निर्देशक निमा लामालाई पनि कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै, प्याब्सन पर्साको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । साथै, प्याब्सनका विभिन्न कार्यक्रममा योगदान पुर्‍याउने व्यक्तिहरूलाई पनि सम्मानित गरिएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै निमा लामाले प्याब्सनलाई थप संगठित भएर अगाडि बढ्न र वीरगञ्जलाई शैक्षिक हबको रूपमा विकास गर्न आग्रह गरे । त्यस्तै, मधेस विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक शाक्य, वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, प्रकाश उपाध्याय, वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने, प्याब्सन वीरगञ्ज महानगर कमिटीका अध्यक्ष राहुल श्रीवास्तव र ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले नयाँ वर्षको शुभकामना दिँदै वीरगञ्जको शैक्षिक विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिए।

ववक्ताहरूले वीरगञ्जको शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि गर्न संगठित प्रयास आवश्यक रहेको बताए । शिक्षकहरूलाई नियमित तालिम, विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप र समयानुकूल पाठ्यक्रम विकासमा ध्यान दिनुपर्ने सुझाव उनीहरूले दिए । “हामीले मतभेद बिर्सेर बीरगञ्जको शिक्षा क्षेत्रको उन्नतिका लागि साझा सङ्कल्प गर्नुपर्छ,” उपकुलपति डा। शाक्यले भने।क

कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ चैत्र ३०,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ चैत्र ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद