Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

५० वर्षीया गोवरी थरुनी चितुवाको मुखबाट नाति थुत्ने हजुरआमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २४,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–५, बालापुर निवासी ५० वर्षीया गोवरी थरुनी चैत २० गते बुधबार घरदेखि दुई किलोमिटर पर रहेको केराबारीमा लगाइएको मास ९थारू भाषामा उरुद० मा पानी लगाउन जानुभयो । खेतमै काम गरिरहँदा गोवरीका लागि खाना लिएर दिउँसो १ बजे उहाँका सात वर्षका नाति सिर्जन चौधरी आफ्नो साथी अर्पण थारूसँग खेततर्फ हिँड्नुभयो । केराबारीमा लगाइएको मासमा पानी सिँचाइ गर्दै गरेकी आफ्नी हजुरआमाभन्दा करिब ३० मिटर जतिको दुरीमा रसीको खटिया ९चारपाई० राखिएको थियो ।

खटियामा सिर्जन खेलिरहँदा हजुरआमा सिँचाइकै काममा व्यस्त हुनुहुन्थ्यो । यत्तिकैमा सिर्जन चिच्याएको आवाज गोवरीले सुन्नुभयो । ‘बुदी’ ९हजुरआमा० भनेर चिच्याएका सिर्जनको चित्कार अरू बेलाको भन्दा फरक थियो । त्यत्तिकैमा ३० मिटर पर मात्र रहेकी हजुरआमा नाति भएको स्थानमा पुग्दा नाति देख्नुभएन । नातिलाई चितुवाले लगेको उहाँका साथीले बताएपछि उहाँ झसङ्ग हुनुभयो । त्यति बेला चितुवाले त्यस स्थानबाट करिब ५० मिटर पर मकैबारीमा नातिलाई पुर्‍याइसकेको थियो । नाति नदेखेपछि हजुरआमा नातिलाई खोज्दै मकैबारीतर्फ दौडनुभयो ।

त्यहाँ मकैको रुख ढलेर बाटो बनेको देखेपछि त्यतै दौडिनुभएकी हजुरआमाले आफ्नो नाति सिर्जनलाई चितुवाले गर्धन समातेको देख्नुभयो र आफूले सबै बिर्सिएर चितुवाले समातेको नातिलाई खुट्टातर्फ समातेर तान्न थाल्नुभयो । करिब एक मिनेट जति सिर्जनलाई एकातर्फबाट चितुवाले तान्यो, अर्कोतर्फबाट हजुरआमा गोवरीले तान्नुभयो । हजुरआमाले नछाडेपछि सिर्जनलाई चितुवाले छाडेर हजुरआमा गोवरीमाथि आक्रमण गर्न खोज्दा आफू तर्किएपछि चितुवा त्यहाँबाट भागेको सिर्जनकी हजुरआमा गोवरी थरुनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नातिलाई चितुवाले आक्रमण गरिरहेकै बेला मकैबारीमा भेटाएँ, मेरो दिमाग नै शून्य जस्तै भयो, म के गरुँ, कसो गरुँ भन्ने सोचमा गएँ, तर जे हुन्छ हुन्छ कि नाति बचाउँछु कि मलाई पनि चितुवाले मार्छ भन्ने सोचेर मैले नातिको खुट्टा समातेर तानेँ । त्यस समयमा चितुवाले नातिको घाँटी समातिरहेको थियो ।”

नातिको उपचार, हजुरआमा सम्मानित

चितुवाको मुखबाट बचाइएका नाति सिर्जन नेपालगन्जस्थित सञ्जीवनी मेडिकल कलेजमा शल्यक्रियापछि उपचाररत छन् । घटना सार्वजनिक भएपछि गुलरिया नगरपालिका–५ ले गोवरीलाई सम्मान गरेको छ । मृत्युको मुखमा पुगेको नातिलाई मृत्युको मुखबाट बचाउने साहसिक काम गरेका कारण उहाँलाई पाँच हजार रुपियाँसहित सम्मान गरिएको गुलरिया नगरपालिका–५ का वडाध्यक्ष मुमबहादुर मल्लले बताउनुभयो । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ चैत्र २४,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ चैत्र २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद