Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

किन फेरीए पोखरिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत ?

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २१,बिहीबार
A A
16
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ।पर्साको पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पुनः सरुवा भएको छ ।

पोखरिया नगरपालिकामा गत फागुन १५ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवको चैत१७ गते आइतबार सरुवा गरिएको हो ।मेयर प्रदुमन चौहानसंगको टकरावका कारण श्रीवास्तवको १ महिनामै सरुवा गरिएको हो।श्रीवास्तवको जिल्ला समन्वय समिति पर्सामा सरुवा गरिएको हो।

श्रीवास्तवले भने,ञचैत १७ गते सरुवाको पत्र आयो,चैत १९ गते रवानापत्र बुझे ,अब बिहीबार जिल्ला समन्वय समिति पर्सामा हाजिर हुन्छु।झ

कार्यालयको प्रशासनिक र आर्थिक कामका लागि मेयर चौहानले दिएको अनुचित दबाब श्रीवास्तवले नमानेपछि मेयर चौहानले संघीयत मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आँफै धाएर उनको सरुवा गर्न लगाएको श्रोतले जनाएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मेयर चौहान आबद्ध दल एमालेकै हुन्।

पर्सा जिल्लामा सबै भन्दा धेरै प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने पालिकामा पोखरिया नगरपालिका पहिलो नम्बरमा पर्छ।यसअघपनि उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पटक पटक सरुवा हुँदै आएका छन्।पोखरिया नगरपालिकामा यसअघि पनि हालसम्म कोही प्रमुख प्रशासकीय अधिकृत धेरै समय टिक्न सकेका छैनन् । २०७९ साल फागुन ८ गते दरबन्दी भई आएका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई ३९ दिनमै सरुवा गराइएको थियो । त्यस्तै २०८० साल जेठ २ गते देवेन्द्र सापकोटा हाजिर भएका थिए । उनलाई समेत उक्त पालिकामा टिक्न दिइएन । उनको पनि सरुवा ३ महिना नपुग्दै २०८० भदौँ ८ गते गरिएको थियो ।

पोखरिया नगरपालिकामा सबभन्दा बढी टिक्ने अधिकृत मध्ये एक हुन् अजय श्रीवास्तव । २०८० साल आश्विन १८ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत भई आएका अजय श्रीवास्तव २०८१ माघसम्म कार्यरत थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ माघ ९ गते देशभरका १३ वटा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकैपटक रद्द गर्ने निर्णय गरेपछि अजय श्रीवास्तव प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट हटेका थिए।

फेरि उनै अजय श्रीवास्तवलाई नै प्रमुख प्रशासकीय अधिकृतमा फर्काउने मेयर चौहानको मनसाय रहेकाले विनय श्रीवास्तवको ३२ दिनमै सरुवा गराएको श्रोतले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ चैत्र २१,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ चैत्र २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद