Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विन्दबासिनीलाई कुष्ठरोग मुक्त पालिका बनाउन सचेतनामुलक अभियान चलाइने

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ माघ १३,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१३माघःपर्साको विन्दबासिनी गाँउपालिकालाई कुष्ठरोग मुक्त पालिका बनाउनका लागि सचेतनामुलक अभियान सञ्चालन गरिने भएको छ । ७२ औं विश्व कुष्ठ रोग दिवसका अवसरमा आइतबार बिन्दवासिनी गाँउपालिका वडा नम्बर २ गर्दौलमा आयोजित कार्यक्रममा गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारीले बिन्दवासिनी गाँउपालिकालाई कुष्ठरोग मुक्त पालिका बनाउनका लागि सरोकावाला निकाय र संघसंस्थाको सहकार्यमा सचेतना मुलक अभियान सञ्चालन गरिने लिखित रुपमै प्रतिबद्धता जनाएका हुन् ।


छिट्टै सुरु गरिने उक्त अभियान अन्तर्गत पालिकाभरीमै नयाँ कुष्ठ रोगीहरुको पहिचान गरेर उनिहरुलाई उचित उपचारको दायरामा ल्याउने, अहिले उपचाररत पुराना रोगीहरुकोपनि उपचारमा ध्यान राख्ने तथा अभियानलाई प्रभावकारी बनाउनका लागि आगामी आर्थिक वर्षको बजेटमा ती दुवै समुहका लागि पालिकाको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धतापनि अध्यक्ष तिवारीले जनाए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तिनारायण साहले पालिकालाई कुष्ठरोग मुक्त पालिका घोषणा गराउने अभियानमा पालिकाका जनप्रतिनिधी र अगुवाहरुको भूमीका महत्वपूर्ण हुने बताए । बिन्दवासिनी गाँउपालिकामा कुष्ठरोगका नयाँ प्रभावित हुनेहरुको दर अरु पालिकाभन्दा बढी रहेको जानकारी गराउँदै उनले यसमा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिए । अहिलेपनि समाजमा कुष्ठरोग प्रति अनेक भ्रम रहेको भन्दै उनले ती भ्रमहरुमा कुनै सत्यता नरहेको बताए ।

कुष्ठ रोग एक व्याक्तिबाट अर्को व्याक्तिमा सर्ने खालको रोग नभएको र यो रोगबाट प्रभावितहरुले समयमै उचित उपचार पाएमा पूर्ण रुपमा निको हुने रोग भएको साहले बताए ।

कुष्ठरोग रोकथाम र निवारणको क्षेत्रमा काम गर्दै आएको दी लेप्रोसी नेपालका पर्सा जिल्ला संयोजक रामहरि रेग्मीका अनुसार, बिन्दवासिनी गाँउपालिकाभरमा नयाँ र पुराना गरी करिब ३५ जना कुष्ठरोग प्रभावितहरु रहेको र तीमध्ये नयाँ १२ जना उपचाररत रहेका छन् ।

आइतबारको कार्यक्रममा गाँउपालिका अध्यक्ष तिवारीले दर्ता भएका कुष्ठरोग प्रभावितहरुको दुवै संस्थालाई दर्ताको प्रमाणपत्रपनि हस्तान्तरण गरेको रेग्मीले जानकारी दिए ।
गाँउपालिका अध्यक्ष तिवारीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय प्रमुख साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामबाबु साह, कृषि अधिकृत रविन्द्र तिवारी, कुष्ठरोग प्रभावित,स्थानीय अगुवा, जनप्रतिनिधी लगायतकाकोपनि सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ माघ १३,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ माघ १३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद