Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अब ‘हेमोफेलिया’ रोगको औषधि भेरी अस्पतालमा निःशुल्क पाइने

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १७,सोमबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । भेरी अस्पतालमा अब ‘हेमोफेलिया’ अर्थात् ‘जेनेटिक ब्लड डिसअर्डर’ का बिरामीहरूका लागि आवश्यक पर्ने औषधि निःशुल्क पाइने भएको छ । हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ औषधि भेरी अस्पतालमै निःशुल्क पाइने भएको हो । यसअघि यो सेवाका लागि बिरामीहरू काठमाडौँ जानुपर्ने बाध्यता थियो ।

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा। राजन पाण्डेले आजदेखि हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ औषधि भेरी अस्पतालमै निःशुल्क रुपमा पाइने व्यवस्था मिलाइएको बताउनुभयो । भेरी अस्पतालमा यो सेवा सुरु भएसँगै पश्चिम नेपालका हेमोफेलियाका बिरामीका लागि उपचारमा सहजता र सुविधा पुगेको छ ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन समेत रहनुभएका डा। पाण्डेले हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने फ्याक्टर–८ र ९ भेरी अस्पतालबाटै पाइने भएपछि बिरामीलाई निकै सहज भएको बताउनुभयो ।

रगत जमाउने आवश्यक तत्त्वको कमीका कारणले लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हेमोफिलिया भनिन्छ । हेमोफेलिया रगतजन्य आनुवंशिक रोग हो । यो एक वंशाणुगत समस्याका रूपमा बढी देखिएको डा। पाण्डे बताउनुहुन्छ । राज्यले यस रोगबाट प्रभावित व्यक्तिको निदान, हेरचाह र उपचारका लागि केही बजेट छुट्टाउने गरेको छ । तर, पर्याप्त छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ मंसिर १७,सोमबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ मंसिर १७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद